0 COMMENTS

संसारमा कुनै पनि देश कति शक्तिशाली र मजवुत छ भन्ने मापन गर्ने धेरै मापदण्डहरु मध्ये एउटा प्रमुख प्रमाण त्यो देशको सैन्यवल शक्ति पनि हो। यसर्थ पनि संसारका हरेक देशभक्त, राष्ट्रभक्त नागरिकले जति देशलाई सम्मान र प्रेम गर्दछ त्यति नै सम्मान, प्रेम र सद्भाव उसलेले त्यो देशको सेनाप्रती पनि राख्दछ अन्यथा त्यो नागरिक राष्ट्रघाती, देशद्रोही कहलाईन्छ। तर दुर्भाग्यवस नेपालमा चाहिँ विदेसीको हण्डी पचाएका त्यस्ता अनुहार र वर्गहरु देखिन थालेकोछ। जसले देशप्रती सद्भाव देखाए झैं गरे तापनि सेनाप्रती पुर्वाग्राही ढंगले नेपाली सेनालाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने मनसायवस सेनाका सामन्य कमि कमजोरीहरुलाई पनि बत्ती बालेर खोज्ने प्रयाश गर्न अहोरात्र खटिरहेको प्रष्ट देखिन्छ। अझ दुखद र दुर्भाग्य पक्ष त जीवनभर सेनाकै भात खाँदै मान, सम्मान आर्जन गरिसकेका उच्च ओहोदाका केहि भुतपुर्वहरु पनि विदेसीको हण्डी खाएर “आफैले भात खाएको थाल दुलो पार्ने” जस्तो नीच हर्कतमा ओर्लेकाहरु पनि छरपष्ट देखिन थालेका छन।

आमूल परिवर्तनको नाममा आज देशको कुनै पनि प्रमुख अँगहरु भ्रष्टचार, विवाद, नातावाद, कृपावाद, नेतावाद र दलवादबाट अलग बन्न सकेन। फलस्वरुप दिनप्रतिदिन शासनप्रती जनविश्वास घट्दो क्रम देखिन्छ। यद्यपि केही झुण्डहरु बाहेक समग्रमा आज पनि जनताको आशा र भरोसा नेपाली सेनामाथि नै टिकेको सत्यलाई नकार्न सकिन्न। तर देशको प्रमुख अँगहरु नष्ट गर्न लागि परेका हण्डी प्राप्त भाईरसहरु नेपाल र नेपाली सेनालाई कमजोर र प्यारालाईज गरि आफू अनुकुल प्रयोगमा ल्याएर लेन्डुपदोर्जेहरु निर्माण गर्ने या सीरिया, अफगानिस्थान, इजराईल जस्तो बनाएर करोडौ नेपालीहरुलाई शरणार्थी बनाउने योजना अनुरुप नेपाली सेनालाई जनतासामु गलत सावित गर्न अहोरात्र खटिरहेको प्रष्ट देखिन थालेकोछ।

नेपाली सेनाले यो देशलाई सार्वभौम र स्वतन्त्र राष्ट्रको रुपमा कसरी बचाई राखे भन्ने यथार्थलाई नेपाली सेनाको गौरवमय बीरगाथा पढ्ने, सुन्ने हरेक नेपालीहरु माझ पुन दोहोर्‍याउनु भन्दा पनि नेपालमा जब जब संकट आउदछ( त्यो आन्तरिक द्वन्द होस वा छिमेकिले नाकाबन्दी गर्दा होस या प्राकृतिक, भैपरी आउने संकट) तब तब नेपाली सेनाले अहोरात्र खटेर जनताप्रती सफलताकासाथ आफ्नो कर्तब्य पूरा गरेको सत्य पनि नेपाली जनताको मनमष्तिष्कमा अद्यावधिक ताजै छ। तथापी जनतामाझ नेपाली सेनालाई गलत सावित गर्ने मनसुवाकासाथ विभिन्न माध्यमहरुको उपयोग गर्दै भरमग्दुर प्रयाशमा जुटिरहेको हण्डिवालाहरु सेनाभित्र र बाहिर जहाँ पनि हुन सक्छन। त्यस्ता अक्षम्य गतिविधिमा जुटेका राष्ट्रघाती, देशद्रोही तत्वहरुबाट सजग हुँदै वर्तमान सेनाका नेतृत्व तहले सार्वभौम, स्वतन्त्रता, अखण्डता र नेपाली मात्रको एकतालाई अक्षुण राख्न सक्नु पर्ने जिम्मेवारी आज नेपाली सेनाको काँधमा आएकोछ।

पछिल्लो समय राष्ट्रपतिबाट रोक लगाउने स्वागतयोग्य कार्य भए तापनि शसस्त्र प्रहरी वलका गणहरुको नाम परिवर्तन गर्न दुस्साहस देखाएको कालो सत्यलाई नेपाली सेनाले कदापी भुल्न हुँदैन, त्यस्तै परिस्थिती सेनामा पनि दोहोरिदैन भन्न सकिन्न। किनभने सदियौंदेखी नेपाली सेनाको काँधमा शोभायमान चिन्ह डमरु त्रिशूल र हिन्दु देवीदेवताको नामबाट नामाकरण गरिएको गणहरुको नामले हण्डिदाताहरुको आँखा घोचिरहेकोछ।

तर देशको प्रमुख अँगहरु नष्ट गर्न लागि परेका हण्डी प्राप्त भाईरसहरु नेपाल र नेपाली सेनालाई कमजोर र प्यारालाईज गरि आफू अनुकुल प्रयोगमा ल्याएर लेन्डुपदोर्जेहरु निर्माण गर्ने या सीरिया, अफगानिस्थान, इजराईल जस्तो बनाएर करोडौ नेपालीहरुलाई शरणार्थी बनाउने योजना अनुरुप नेपाली सेनालाई जनतासामु गलत सावित गर्न अहोरात्र खटिरहेको प्रष्ट देखिन थालेकोछ।

नेपाली सेनाले सेनालाई शक्तिशाली बनाउन र सेना आश्रीत परिवारहरुको हितको लागि संचालित कल्याणकारी अभियान अन्तरगतका ब्यवसायहरुलाई चुस्त, दुरुस्त बनाई आफ्ना सैन्यशक्तिका मेरुदण्ड जवानहरुलाई विश्वस्त पार्ने सामर्थ्य राख्न सक्नु असल नेतृत्वको सफल कसी हो। त्यस्तै गरि सेनाका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने गरि संचालन गरिएका अस्पताल, विद्यालय जस्तो महत्वपुर्ण निकायहरुमा सेनाका परिवारहरुलाई गुनासो रहित वातावरण बनाई सुधार गर्न सक्ने क्षमता र बुद्धिमता नेतृत्वमा हुनु पर्छ भन्ने आम जनता र स्वयं सेनाका जवानको पनि चाहना हुन सक्छ र वर्तमान सेनापतिमा यो क्षमता छ भन्ने अनुमान र विश्वास, यतिखेर आम जनताले गरेको अवस्था पनि हो।

देशको प्रमुख र अन्तिम सुरक्षा निकाय नेपाली सेनालाई खेलाउन बनाउन तम्सिएका देशी बिदेसी हण्डिवलाहरुबाट जोगिईदै सेनाले आम नागरिक, लब्ध प्रतिष्ठित, बौद्धिक ब्यक्तित्व लगायत राष्ट्रहितमा उभिएका वर्गहरुको सुझावहरुमा पनि चासो राख्दै अघि बढ्न सक्यो भने अझ सुनमा सुगन्ध थपिनेछ। अस्तु:

कमलराज श्रेष्ठ (KR Kashyap)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।