0 COMMENTS

काठमाडौँ, १८ माघ/ पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ ।हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ ।

उहाँ अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ । उहाँलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म तीन पटक हृदयाघात भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।