0 COMMENTS

बासुदेव सेढाइ,१माघ०७५/  भाैतिक शरिर तन्दुरुस्तीकाे लागि शारीरिक याेगकाे जति अावस्यकता छ त्याे भन्दा कैयौं गुना महत्त्व राजयाेगकाे छ जसले बिचारमा शुद्धता मानवीय साेचाईमा तन्दुरुस्ती बनाउन र एउटा असल मानव बनाएर समाजलाई सकारात्मक बाटोमा लैजान सक्छ त्यसले शान्तिकाे सन्देश दिन सक्छ प्रतेक मानव नैतिकवान ईमानदार अनुशाशीत बनाउन , घरपरिवार समाज देश र बिश्वमानै शान्ति कायम गर्न र बिश्वब्यापी रुपमा देखिएका नकारात्मक कृयाकलापकाे अन्त्य गर्न राजयाेगकाे महत्त्वपूर्ण भुमिका रहेको एक कार्यक्रममा उपस्थित सहभागी हरुले जाेड दिनुभएको छ । चाैथाे राष्ट्रिय याेग दिवसको अवसरमा ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय बेसीशहर लमजुङले अायाेजना गरेको एक बिशेष कार्यक्रममा बिशिस्ट ब्यक्तित्व हरुले उक्त धारणा राख्नुभएको हाे । प्रमुख अतिथि बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले समाज लाई सकारात्मक बाटोमा लैजान र प्रतेक ब्यक्तिकाे तनाव ब्यवस्थापन गर्न राजयाेगले उल्लेखनीय भुमिका खेल्न सक्ने बताउनुभयो ।

राज्यले कठाेर कानुन बनाउदा पनि जघन्य अपराध कमि अाउन नसकेकोले राजयाेगकाे माध्यम बाट सकारात्मक बिचार पैदा गरि अपराध न्युनिकरण गर्न सकिने हुनाले यसलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्ने धारणा राख्नुभयाे । बिशिस्ट अतिथि यबं लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले मानिस भाैतिक सुभिदाकाे पछाडि अन्धाे भएर दाैडिएकाेले अपराध बढेको भन्दै सादा जीवन उच्च बिचार लाई सम्मान गर्नुपर्ने कुरामा जाेड दिनुभयो । धार्मिक शास्त्र हरु लाई अन्धबिश्वासकाे रुपमा नभएर बिज्ञानकाे रुपमा प्रयोग गर्नुपर्ने कुरा उल्लेख गर्दै धर्ममा अतिवाद भए त्यसले गलत सन्देश दिनसक्ने तर्फ सचेत रहनुपर्ने बताउनुभयो । हिंसा, हत्या ,अातंक , बलात्कार , भ्रष्टाचार जस्ता अपराधी प्रबृत्ति दिनानुदिन बढ्दै गएकोले शान्ति सुरक्षामा समेत चुनाैति खडा भएकोले राजयाेगकाे माध्यम बाट शान्ति कायम गर्न सकिने तर्क गर्नुभयो । अपराधी गतिविधिमा संलग्न रहेर अबैध सम्पत्ति अार्जन गरि भाेगबिलासि जीवन जिउने हरु लाई समाजले हताेत्साहित पार्नुपर्ने र ईमानदार तरिकाले कमाई खाने सधैं खुसि सुखि र शान्ति रहन सक्नुनै साँचो मानवीय जीवनकाे अर्थ रहने कुरा उल्लेख गर्नुभयो । मानवीय मुल्य मान्यता अादर्श अनुशासन नैतिकता कर्तव्यबोध गराउन सक्ने राजयाेगकाे ज्ञानले मानव जीवन परिवर्तन गर्न सक्छ यसलाई विभिन्न कार्यक्रमकाे माध्यम बाट अगाडि बढाउनु पर्ने त्यसमा अाफ्नाे भरपुर सहयोग रहने स्पष्ट पार्नुभयाे ।

ब्रम्हकुमारि ईश्वरीय बिश्वबिद्धालय बेसीशहर साखा प्रमुख संचालिका ब्रम्हकुमारि राधा दिदिले राजयाेगकाे बारेमा जानकारी गराउनुहुदै अपराधी प्रबृत्तिकाे निराकरण राजयाेग बाट मात्रै संभव रहेको स्पष्ट पार्नुभयाे । कार्यक्रममा प्रमुख अतिथि र बिशेष अतिथि र अतिथि हरुलाई मायाकाे चिनाे स्वरुप शुभ बिचार सन्देश राधा दिदिले प्रधान गर्नुभएको थियोे । कार्यक्रममा सुन्दरबजार शाखा संचालिका भगवती दिदी समेत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा राजयाेगकाे बारेमा जानकारी राख्न उत्सुक ब्यक्तित्व हरुकाे उल्लेख्य सहभागीता थियोे । ब्रम्हकुमारि राधा दिदीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन बिश्वबिद्धालय बेसीशहर शाखा संचालक रामचन्द्र ढकालले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।