0 COMMENTS

बासुदेव सेढाइ,२७पुस०७५/  २९७ अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लिस्नाे साहित्यिक मञ्च लमजुङले एक कार्यक्रमकाे अायाेजना गरि राष्ट्रनिर्माता तथा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहाकाे स्मरण गरेको छ । लमजुङको बेसीशहर – ८ स्थित लक्ष्मिनारायण सामुदायिक पुस्तकालयमा कार्यक्रमकाे अायाेजना गरिएको हाे ।

कार्यक्रममा साहित्यिक स्रष्टा हरुले पृथ्वीनारायण शाहले गर्नुभएको याेगदान र उहाँको दिब्य उपदेशकाे वारेमा चर्चा गरे । कमजोर अवस्थामा रहेका टुक्राटुक्रा राज्य हरुकाे एकीकरण गरि त्यसमा सबै जातजाति , भाषाभाषी , धर्म संकृति अपनाउने सबैकाे साझा फुलबारी बनाउनु भयो । प्रजा माेटा भया दरवार बलियो हुन्छ र घुस लिने र दिने दुबै देशका दुश्मन हुन् भन्ने दिब्य उपदेश अाजकाे सन्दर्भमा झनै महत्त्वपूर्ण रहेको बक्ताहरुले बताए । मुलुकमा गणतन्त्र स्थापना भएपनि पृथ्वीनारायण शाहकाे याेगदान भुल्न सकिदैन कार्यक्रमका सहभागी काे भनाइ थियोे ।

सिङ्गो नेपाल राष्ट्रनिर्माण गर्ने माहान ब्यक्तिकाे याेगदान राजतन्त्र वा गणतन्त्र संग जाेड्न नहुने उहाँ सम्पूर्ण नेपालीको एकताको प्रतिककाे रुपमा ब्याख्या गरिनुपर्ने अावाज उठेको थियोे । मुलुकमा ब्याप्त घुस , भ्रष्टाचार , कमिसनतन्त्र चलेको राष्ट्रिय स्वाधीनता र स्वाभिमान कमजोर देखिएको , बैदेशिक चलखेल बढेको अवस्थामा उहाँको याेगदानकाे सान्दर्भिकता अझै बढेको छ । सम्पूर्ण नेपाली हरुले उहाँको याेगदानकाे स्मरण गर्न अावस्यक छ । हाल मुलुकमा रहेका सबै समस्या हरुकाे समाधानको लागि राष्ट्रिय एकता अनिवार्य रहेको पनि सहभागीले बताए । पुर्खा हरुकाे याेगदानकाे सम्मान नवप्रतिभा हरुलाई प्राेत्साहन लिस्नाे साहित्यिक मञ्च लमजुङको अभियान अन्तरगत कार्यक्रम अायाेजना गरिएको हाे ।

कार्यक्रम का सहभागी हरुले नेपाली हरु कुनै पनि अाधारमा बिभाजित नभएर एकताबद्ध हुन सुझाव दिएका थिय । कबिता , गजल , मुक्तक पनि कार्यक्रममा स्रष्टा हरुले प्रस्तुत गरेका थिय । ब्रम्ह कुमारी ईश्वरीय बिश्वबिद्धालय बेसीशहरका ज्ञान प्रचारक गुरु यबं लिस्नाे साहित्यिक मञ्च लमजुङका सल्लाहकार देबिदास बरालकाे अध्यक्षतामा भएको कार्यक्रममा रा. प्र. पा. लमजुङ सचिव दूत कासी तामाङ , लिस्नाे साहित्यिक मञ्च संरक्षक बसन्त अधिकारी ,अध्यक्ष रघुनाथ घिमिरे , सल्लाहकार काजीमान सुनार , सदस्य हरु सीता पाैडेल कमला दनाइ , संचारकर्मि जनक श्रेष्ठ लगायतको उपस्थिति थियोे कार्यक्रमकाे संचालन मञ्चका सचिव बासुदेव सेढाईले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।