0 COMMENTS

बनियानी, २५ पुस ०७५/झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ ।झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा नगद रु २० हजार जलेर नष्ट भएको छ ।

त्यस्तै, मेचीनगर–४ स्थित पाथीभरा टोलका राजकुमार माझीको घरमा आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।