0 COMMENTS

प्रतिभा भट्टराइ,२२पुस०७५/ग्याँसको प्रयोगमा सावधानी अपनाऔँ संभावित दुर्घटना बाट बचौ र बचाऔँ भन्ने नारा लिएर एल पी ग्याँस प्रयोग सम्बन्धी जनचेतना मुलक कार्यक्रम तारकेश्वर नगरपालिका ४ स्थित ब्रिलियन्ट मन्टेश्वरी को प्राङ्गण मा सम्पन्न भएकाे छ ।  २०७५ पौष २१ गते शनिबार ग्याँस विक्रेता महासंघ नेपाल र तारकेश्वर महिला मूल समुहको संयुक्त आयोजनामा उक्त कार्यक्रमम भएकाे थीयाे ।

तारकेश्वर नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठ को प्रमुख आतिथ्य तथा ग्याँस विक्रेता महासंघ प्रदेश नं ३ कि उपाध्यक्ष्य राधिका महर्जनको अध्यक्षता मा आयोजित उक्त कार्यक्रममा ग्याँस विक्रेता महासंघ नेपाल का अधक्ष्य, महासचिव, प्रविधिक लगायत स्थानिय निकायका निर्वाचित ,सदस्य हरु , समाजसेवी तथा विभिन्न समूहका महिला दिदीबहिनी हरूको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा जाडो मौसममा बढ्न जाने ग्याँस को प्रयोग र घट्न सक्ने दुःखद घटना हरुका बारेमा छलफल गरी ग्याँस को उपभोग मा अपनाइनु पर्ने सावधानी हरुका बारेमा प्राविधिक हरुद्वारा जानकारी गराईएको थियो।

सिलिन्डर पड्कँदा हुन पुगेका घट्ना हरूको अध्ययन गर्दा प्रयोगकर्ता हरुकै लापरबाही देखिन गएकोले आगामी दिनहरुमा यस्ता घटना हरु नदोहोरियोस् भन्ने उदेश्य ले आयोजना गरिएको सो कार्यक्रम मा ग्याँस चुल्हो र सिलिन्डरको दुरी, करिब दुई मीटरको हुनु पर्ने, सिलिन्डर भन्दा चुल्हो डेढ फीट माथी राखिनु पर्ने, सिलिन्डरमा लेखिएको प्रयाेग गर्न सकिने मिति राम्ररी थाहा पाउनु पर्ने, सिल बाहिरै खोलिनु पर्ने, सिल खोलिसकेपछि ग्याँस लीग भए नभएको जाँच गरिनु पर्ने, सिलिण्डर घरमा ल्याइसकेपछि राम्रो सँग सर्फ पानीले सफा गर्नु पर्ने जसबाट धेरै ठाउँमा ठक्कर लाग्दै आएका सिलिन्डर हरु चर्कि एर लीग भएका भए देख्न सकिने, पाइप लाई दुवै तिर क्लीप ले च्याप नु पर्ने र सबै भन्दा ठूलो कुरा ग्याँस उपभोक्ता कार्ड बनाएर ग्याँस का लागि आवस्यक सामानहरू विक्रेता महासंघ का आधिकारिक डिपो हरुसँग मात्र खरिद गर्नु पर्ने र सामान खरिद गर्दा N S तथा ISI मार्क को ख्याल गर्नु पर्ने अनि केही खराबी देखिएमा तुरुन्तै सम्बन्धित ब्यक्ति लाई जानकारी गराइनु पर्ने जस्ता कुराहरू बताए भने चुल्हो र सिलिन्डर नजिक राख्नु नहुने, पाइप लाई सिलिन्डरमा बेरेर राख्नु नहुने, खाना पकाउँदा पकाउँदै ग्याँस सकिएका बेलामा, सिलिण्डरलाई ढलाउने घोप्टो पार्ने तताउने जस्ता काम गर्नु नहुने, प्लास्टिक काे पाइप प्रयाेग गर्नु नहुने र पाइप लाई धोएर चलाउनु नहुने र बेलाबखतमा ग्याँस झ्याप्प निभ्ने, घ्यार घ्यार आवाज आउने रातो वा पहेंलो बल्ने भएमा चुल्हो वा रेगुलेटर काे नभइ पाइपको खराबी हुन सक्ने जस्ता कुराहरू काे पनि जानकारी गराईनु का साथै यदि दुर्घट्ना हुन गएमा सकेसम्म बचाउ गर्ने उपाय हरुका बारेमा पनि जानकारी दिइयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।