0 COMMENTS

रमिला बस्नेत, उदयपुर पुस १६ / उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ मा सक्रिय संस्था प्रयत्नशील युवा समुहले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रयत्नशील युवा समुहको अध्यक्ष नवीन कार्की मन्दिर ब्यावस्थापन समितिका अध्यक्ष बसन्त कुमार बस्नेत संस्थाका सदस्यले त्रियुगा नगरपालिका ढिम्कि मन्दिर परिसरमा गमलामा फुल राेप्ने मन्दिर परिसर सरसफाइ सम्पन्न भएको अध्यक्ष कार्कीले जानकारी दिएका हुन ।

विगत केही समय देखिन सामाजिक क्षेत्रमा काम गर्दै अाएकाे संस्थाले छाेटाे समयमै सडक सचेतना लगाएतमा समेत सक्रियता दिएको छ ।अागमी दिनहरूमा अझै ससक्त रुपमा काम गर्दै जाने अध्यक्ष कार्कीले बताएका छन् । मंगलबार विहान सुरु भएको सरसफाइ कार्यक्रममा विभिन्न संघ संस्था का प्रतिनिधि विद्यार्थी समाजसेवी बुद्धिजीवी पत्रकार समेतको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।