0 COMMENTS

बासुदेव सेढाई,लमजुङ१६पुस०७५/ लमजुङको बेसीशहर नगरपालिका ११ चिति तिलाहार स्थित सिद्देश्वाेर माहादेब मन्दिरमा अाउदाे शिवरात्रीमा धुमधाम मेला लाग्ने भएको छ । ११ दिन सम्म शिव पुराण लगाउने र माहा शिवरात्रीकाे दिनमा शिव पुराणकाे साङ्गे साथै भब्य रुपमा मेला अायाेजन गरिने सिद्देश्वाेर मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

निकै पुरानो ऐतिहासिक धार्मिक पवित्र स्थान सिद्देश्वाेर मन्दिर प्रचारप्रसार काे अभावमा अाेझेलमा परेको भन्दै स्थानीय बासिन्दा हरु यसको उत्थानका सक्रिय ढंगले अगाडि बढेका छन् । सत्य युगमा माहादेव कि पत्नी सतिदेवी काे पिठ पतन भएर सिद्देश्वाेर माहादेव उत्पत्ति भएको किंवदन्ती छ । ऋषि मुनि हरुले तपस्या गरेको ठाउँ साथै भक्त जनकाे इच्छा शिद्दि हुने ठाउँ भन्दै याे ऐतिहासिक ठाउँ र महत्त्वपूर्ण ठाउँ भएकोले स्थानीय बासिन्दा हरुले याे ठाउँ लाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन् । बराह देवता दैनिक गंगा स्नान गरि सिद्देश्वाेर माहादेव काे दर्शन पुजा गरि अाफ्नाे अाफ्नाे स्थान जाने गर्दथे भन्ने अर्को किंवदन्ती पनि याे ठाउँ संग जाेडिएकाे मन्दिर व्यवस्थापन समितिकाे भनाइ छ । सुरुमा पिपलकाे रुखमा घण्टा झुन्डिएको र सिला देखेपछि स्थानीयले पुजा गर्न थालेका हुन् । पछि पिपलकाे रुख हटाउदा त्यहाँ नागहरु निस्केको र पुजा मन्त्र गरेर बाहिर निकालेर त्यै सिला घण्टा सालिग्राम रहेको ठाउँ लाई भित्र पारेर २०५३ सालमा मन्दिर बनाईएकाे अध्यक्ष शुव निधि पाण्डे बताउनु हुन्छ ।

ऐले मन्दिर भित्र ठुलो सिला , सालिग्राम , पुरानो घण्टा र बाहिर शिवकाे बाहन समेत देख्न पाईन्छ । ऐले याे मन्दिरमा व्यवस्थापन समिति उपाध्यक्ष किरण थापाले दैनिक पुजा गर्नुहुन्छ । अत्यन्तै पवित्र धार्मिक ऐतिहासिक स्थल सिद्देश्वाेर धामकाे तिलाहार मात्रै हाेइन चिति मात्रै लमजुङ मात्रै हाेईन देशकै ध्यानाकर्षण गर्ने गरेर प्रचारप्रसार गरि हजारौं भक्तजन हरु अाउने वातावरण बनाउन ११ दिन शिव पुराण र माहा शिवरात्रीमा माहामेला अायाेजना गरिएको चिति साहित्य समाज लमजुङका अध्यक्ष स्थिर घिमिरे बताउनुहुन्छ । चिति भित्र रहेका पुराना ऐतिहासिक , धार्मिक र पर्यटकीय दृष्टिकाेण बाट उपयुुक्त ठाउँकाे उजागर गर्न सके चितिकाे बिकासमा सहयोग पुग्न सक्ने व्यवस्थापन समिति सदस्य चिति साहित्य समाजका पुर्ब अध्यक्ष रुद्रनिधि तिवारीकाे तर्क छ । धार्मिक अास्था विश्वासले सब्य र अनुसासित समाज निर्माण गर्ने बिश्व हिन्दु माहासंघ चिति शाखाका अध्यक्ष केदार नाथ दवाडीकाे भनाइ छ ।

यसै बिच ११ दिने शिव पुराण र शिवरात्रीमा लगाउने माहामेला लाई सब्य , उत्साहजनक र व्यवस्थित तरिकाले सम्पन्न गर्नकाे लागि लागि शिव प्रशाद जाेशिकाे संयाेजकत्वमा ८ सदस्यीय अार्थिक संकलन उपसमिति , बासुदेव सेढाईकाे संयाेजकत्वमा ८ सदस्यीय प्रचारप्रसार उपसमिति , जंग बहादुर बिष्टको संयाेजकत्वमा ८ सदस्यीय मंच व्यवस्थापन उपसमिति र व्यवस्थापन समिति उपाध्यक्ष किरण थापाकाे संयाेजकत्वमा ५ सदस्यीय अतिथि सत्कार उपसमिति गठन गरिएको सचिव रुद्र सुयलले जानकारी दिनुभयाे यसैबीच व्यवस्थापन समिति काेष अध्यक्ष बिजय लक्ष्मी ढकाल अार्थिक संकलन मा सक्रिय भएर लाग्नु भएको छ । कार्यक्रम भब्य सब्य रचनात्मक सन्देश मुलक हाेस् र राष्ट्रिय स्तरमा चितिकाे शान उच्च बनाउन सफल हाेस् हाम्रो पनि अग्रिम शुभकामना :
“११ दिनकाे शिव पुराण माहा शिवरात्रीमा माहामेला “

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।