0 COMMENTS

भद्रपुर, १४ पुस ०७५/पन्ध्र स्थानीय तह भएको झापा जिल्ला खुला दिशामुक्त घोषणा गरिएको छ । भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले शुक्रबार सो घोषणा गर्नुभएको हो ।

झापाका १५ स्थानीय तहमा ३९ हजार २८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । सोही अवसरमा खुला दिसामुक्त क्षेत्रका लागि सहयोग गर्ने चार सञ्चारकर्मी र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।