0 COMMENTS

जनकपुर १४ पुस०७५/ हिजाे साझ जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सँयोजक राजेन्द्र महतोको पुतला दहन गरिएको छ ।विना कारण अध्यक्ष मण्डलको धनुषा सदस्य रहेका देव कृष्ण मण्डललाई पदबाट हटाएर ज्ञानेन्द्र झा लाई उनको पदमा राखेपछि आक्रोसित मण्डलका समर्थकहरुले जनकपुरको जनकचोकमा केन्द्रीय सँयोजक महतोको पुतला दहन गरेको थीयाे।

प्रतिनीधि सभाको चुनावमा धनुषा क्षेत्र नं. ३ जनकपुरबाट निर्वाचित भएका महतोको आफ्नौ ठाउँमा पुतला दहन गरिएको हो । मधेश आन्दोलन सहित पार्टीगत आन्दोलनमा समेत अग्रनी भूमिका निर्वाह गरेका मण्डललाई विना कारण हटाएपछि उनका समर्थकहरुले जनकचोक साँझ ६ः३० बजे पुतला दहन गरेको हो ।

तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टी अर्थात् राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिँह भण्डारी पक्षधर रहेका तथा तत्कालिन जिल्ला अध्यक्ष समेत रहेका मण्डललाई विना कुनै जानकारीको हटाएको दाबी गरिएको छ ।

 नेता मण्डलले बताए अनुसार आफू धनुषाको हँसपुर नगरपालिकाको एक कार्यक्रममा सरिक भएको र आफूलाई विना कुनै जानकारी, विना कुनै कारण हटाएको आरोप लगाए । उनले भने, – ‘आफूलाई हटाएको विज्ञप्ति समाजिक सञ्जालमा आएपछि मैले आफ्ना नेता तथा पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिँह भण्डारी जी लाई फोन गरी बुझ्दा उहाँले एक शब्दमा भन्नुभयो, यो बारे म केन्द्रमा बुझछु ।’

आउँदो बैशाख ७, ८ र ९ गते राष्ट्रि जनता पार्टी नेपालको महाधिबेशनको तयारी भइसकेको अवस्थामा पार्टीले के गर्न खोजेको आफूलाई थाहा नभएको प्रतिक्रिया मण्डलले दिए । उनले भने, – ‘आफूलाई हटाएर ज्ञानेन्द्र झालाई आफनो पदमा किन राखिएको बारे जबसम्म स्पष्टीकरण दिँदैन तबसम्म संघर्षका कार्यक्रम जारी राख्नेछौ ।’न्यज ब्युराे [view_video url=”Alb6bP5u5tE”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।