0 COMMENTS

हेटाैँडा, १४ पुस ०७५/ हेटौँडाको पदमपोखरीमा साझा बस सञ्चालनमा आएको छ । पदमपोखरीमा तीन साझा बस सञ्चालनमा ल्याइएको हो ।

हेटौँडा उपमहानगरपालिकाको समन्वयमा पदमपोखरीका बासिन्दाको लागि यात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले साझा बस सञ्चालनमा ल्याइएको हो । हेटौँडा १२, १३ र १४ का बासिन्दाका लागि सहज होस् भन्ने उद्देश्यले आफ्नो पहलमा बस सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताउनुभयो । सो सेवाको महतले उद्घाटन गर्नुभयो ।

हेटौँडामा १७ साझा बस सञ्चालनमा आएको छ । हेटौँडाको हटियो, हर्नामाडी, बजार क्षेत्र, कमाने, चुरीयामाई र मकवानपुरको मनहरी गाउँपालिकासम्म साझा बस सञ्चालनमा आउने मकवानपुर साझा बसका सञ्चालक भेष खड्गीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।