0 COMMENTS

कावासाेती, ८ पुसः नवलपरासीको कावासोती ४ हसौरामा रहेको कुमारी निजि शैक्षक गुठीमा अबैधानिक समितिले आयोजना गरेको कुनैपनि कार्यक्रममा सहभागी नहुन संस्सथापकहरुले आह्वान गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै आफुलाई गुठीको गुठीयारा समिति बताउने नर बहादुर ठाडा समुहबाट हुने कुनै पनि निर्णय ,गतिबिधि,समारोह उत्सब आदि अबैधानिक कार्यलाई मान्यता नदिन,सहभागि नहुन सरकारी तथा गैरसरकारी कार्यालय निकाय,संघ संस्थाका पदाधिकारी,आम नागरिक,पत्रकार र सरोकारवाला संस्थापकहरुले अपिल गरेका हुन् ।

पछिल्लो समयमा नरबहादुर ठाडा समुहले आफुलाई बैधानिकता सावित गराउन कार्यक्रम गरी विशिष्ट ब्यक्तिहरुलाई विवादित बनाउन खोजेको भन्दै संस्थापकहरुले आज विज्ञप्ति जारी गर्नुपरेको बताएका छन् ।

यस्तो छ गुठिको नालीवेली

फर्शुराम शर्मा ,शुभराज शर्मा,देब नारायण महतो,आइत सिंह गुरुङ्ग ,महेश प्रसाद पाण्डे र रमिला भुजेल संस्थापक तथा टेरेसा भ्यान रेजवाइज संरक्षक रहि मिति २०६१।०२।२५ गते श्री पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय पोखरामा द.नं.२४ मा श्री कुमारी निजी शैक्षिक गुठी २०६१ कावासोती न.प. ४ बिधिवत दर्ता भई संचालन भएको हो ।

संरक्षक रहनु भएकी बिदेशी नागरिक टेरेसा भ्यान रेजवइजले गैरकानुनी तथा अबैधानीक तरिकाले आफुलाई संस्थापक भनी गुठीयारा समितिको गठन गरे पश्चात सो कार्यका बिरुद्ध नेपाली नागरीक संस्थापकहरु निवेदक भई जिल्ला शिक्षा कार्यालय ,नेपाल सरकारका बिभिन्न निकाय मन्त्रालय,आयोगमा निवेदन दिए अनुसार तत्तत् कार्यालय निकायहरुबाट स्थलगत छानवीन गरी नेपाल सरकार शिक्षा मन्त्रालयको मिति २०७३।०१।१२ गते को सचिब स्तरीय निर्णयबाट उक्त गुठीको बिधान २०६१को दफा २ ज ,७ क अनुसार ६ जना नेपाली नै संस्थापक कायम हुने शिक्षा मन्त्रालयको मिति २०७३।०१।१४ गतेको च.न.५०८ परिपत्र भएको छ ।

उक्त परिपत्रको बिरुद्ध बिदेशी नागरिक टेरेसा भ्यान रेजवाइज र कथीत गुठियारा अध्यक्ष नर बाहादुर ठाडा सम्मानीत सर्वोच्च अदालतमा रि.न.०७३–wo–००४० मा निवेदन पेश गरेकोमा उक्त रिटको मिति २०७४।१२।२२ गते श्री सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासमा अन्तिम सुनुवाइ हुदा उक्त रिट खारेज भइसकेको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।