0 COMMENTS

गाईघाट, उदयपुर, ७ पुस ०७५/ उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा बेलिब्रिज जडानपछि उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष यातायात सञ्चालन भएको छ ।

मङ्सिर १५ गतेदेखि जडान शुरु गरिएको उक्त बेलिब्रिज बिहीबार सम्पन्न भएपछि शुक्रबारदेखि औपचारिक रुपमा गाईघाट दिक्तेलसम्म प्रत्यक्ष यातायातका साधन सञ्चालन हुन थालेको गाईघाट दिक्तेल सडक कार्यालयले बताएको छ ।

वर्षायाममा सुनकोशी नदीमा पानीको बहाव बढेसँगै छ महीनाअघि खोलिएको उक्त बेलिब्रिज हिउँद महीना लागेसँगै जडान गरेर यातायात सञ्चालन भएको हो । ५० मिटर लम्बाइ र छ मिटर चौडाइको उक्त बेलिब्रिज जडान कार्य सम्पन्न भएको कारण अब छ महीनासम्म बन्द रहेको गाईघाट–दिक्तेल सडकखण्डमा पुनः यातायातका साधन सञ्चालनसँगै यात्रुको जनजीवन सहज भएको बेलिब्रिज जडान कम्पनीका सञ्चालक प्रेम कार्कीले बताउनुभयो ।

गाईघाटदेखि दिक्तेलसम्म १५८ किलोमिटर लम्बाइ रहेको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा अहिलेसम्म पनि पक्की पुल निर्माण हुन सकेको छैन । पक्की पुल निर्माण नहुँदा हिउँदमा छ महीना बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र वर्षायामसँगै बेलिब्रिज खोलेपछि छ महीना यातायात बन्द हुँदै आएको यातायात व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।