0 COMMENTS

काठमाडौं०६पुस०७५/ कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानमा क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको भए पनि अरु प्रमाण जुटाउन प्रहरी लागिपरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतका अनुसार निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाव’ सँग पक्राउ परेका विशाल र प्रदीपको डीएनए नलिमेको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रदीपलाई मंसिर २० मै काठमाडौंमा पक्राउ गरेको थियो भने विशाल मंसिर २१ मा कञ्चनपुरबाट काठमाडौं ल्याइएको थियो ।

प्रदीप र विशालको डीएनए प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टमा परीक्षण गरिएको थियो । निर्मला हत्या अनुसन्धानका क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरिएको थियो ।
‘‘डीएनए बाहेक अनुसन्धानका कयौं विधि र पाटा हुन्छन् । हामी सबै पक्षबारे सचेत र सर्तक छौं,’’ एक प्रहरी अधिकारीले भने ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा क्रममा प्रहरीले अझै केही व्याक्तिलाई निगरानीमा राखिरहेको छ । अनुसन्धानमा रहेको प्रहरी टोलीसँग हत्यारासँग पुग्न चित्तबुझ्दो प्रमाण फेला परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।