0 COMMENTS

मिलन चाम्लिङ, धरान०५पुस०७५/लिम्बू समुदायले उधौली पर्व (न्वागी)को अवसरमा मनाउदै आएको लिम्बू समुदायको महान चाड चासोक–तङ्नाम पौष सात गतेदेखि दस गतेसम्म धरानमा “चासोक तङ्नाम २०७५” चार दिन धरान १५ स्थित रहेको किरात याक्थुम चुम्लुङ् हिममा मनाइने भएको छ ।किरात याक्थुङ चुम्लुङ धरान नगर समिति, किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा सुनसरीले भब्यरुपमा चासोक तङनाम “२०७५”मनाउने भएको हो । उभौली याममा लगाएको अन्नबालीको बिउबिजन सप्रियोस् भनि सिमेभुमेलाई आशिर्वाद माग्न यक्वा पुजा गरिने र नयाँ बाली सिमेभुमेलाई चडाएर मात्र खाने चलन लिम्बुहरुमा रहेको हुनाले उधौली याममा न्वगी पुजा गर्ने चलन रहि आएको छ ।

उक्त अवसरमा लिम्बु समुदायको मोलिक खाना परिकारहरु बनाएर पाहुनालाई भव्य सत्कार गरिने भएको छ । चारदिनसम्म भब्यरुपमा मनाइने चासोक तङ्नाममा पहिलो दिन किरातीहरूको एतिहासिक क्षेत्र विजयपुर दरवार परिक्रमा गरि सरसफाई पुजा कार्यक्रम, त्येअङसी सिरिजङगाको शालिकमा माल्र्यापण, चासोक पुजा, बच्चाहरूलाई टिका लगाउने कार्यक्रम रहेको छ भने धरानका थुमगत, थरगत संस्थाका यालाङ, केलाङ, प्रदर्शनी, एकराते तङसिङ तथा वेलुकी साँगितिक तथा साँस्कृतिक कार्यक्रम रहने छ ।

दोस्रो दिन हाक्पारे, ख्याली, पालाम, यालाङ, साम्लो, छेलो हान्ने, पङलुङ लेप्मा र वेलुका साँगितिक तथा साँस्कृतिक कार्यक्रम रहने कार्यक्रम तालिका रहेको छ । तेस्रो दिन केलाङ(च्याब्रुङ नाच) र साँस्कृतिक कार्यक्रम हुनेछ भने अन्तिम दिन आदिवासी (लिम्बु, राई, याख्खा, सुनुवार, तामाङ, मगर, नेवार, गुरूङ, शेर्पा, भुजेल, उराउ, माझी र सिङसा) जातिका साँस्कृतिक प्रदर्शनी रहने छ । यस्तै, पुरस्कार वितरण, मायाको चिनो वितरण हुँदै भव्य साँस्कृतिक कार्यक्रम हुँदै समापन गरिने लिम्बू पत्रकार संघ सुनसरीका अध्यक्ष कुशल कुरूम्बाङले जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।