0 COMMENTS

ओखलढुङ्गा, २ पुस ०७५/ ओखलढुङ्गामा पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो । जिल्ला सदरमुकामसहितका मुख्य तथा सहायक व्यापारिक केन्द्रबाट छुट्ने र भित्रने लामो, छोटा दूरीका सवारीको चाप हुने समयमा टिपर सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार, विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो । “हाम्रो अनुरोधलाई अवज्ञा गरे कारवाही हुन्छ”, प्रजिअ न्यौपानेले भन्नुभयो । निर्णय कार्यान्वयन गर्न व्यवसायी, चालक र सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने भन्दै न्यौपानेले सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रदेश सरकारको विशेष नीतिअनुसार प्रदेशका १४ वटै जिल्लामा आजदेखि दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।