0 COMMENTS

काठमाण्डाै १६ मंसिर०७५/पूर्वाञ्चल बागिना कला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मिस स्टेट २०१८ र पूर्वाञ्चल सिङ्गिङ स्टारको फाइनल हीजाे  शनिबार धरानको सभागृहमा  भब्यताका साथ सम्पन्न भएकाे  पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक भक्तिराज राईले बताए ।मिस स्टेटमा प्रदेश नं. १ का विभिन्न जिल्लाका १३ जना सुन्दरीहरु बिच प्रतिस्पर्धा भयकाे थीयाे ।

 प्रतियोगितामा उदयपुरकी रमिला बस्नेतले मिस प्रदेशको ताज पहिरेकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेतले १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को उपाधिसंगै क्राउन, स्कुटर र अवार्ड प्राप्त गरेकी छिन् ।

मोरङकी प्रग्या गिरी फस्ट रनर अप घोषित भईन् । उनले ५० हजार, क्राउन र अवार्ड पाएकी छिन् । ताप्लेजुङकी निशा गुरुङ्गले सेकेन्ड रनर अपको उपाधि हात पारेकी छिन् । उनले २५ हजार, क्राउन र अवार्ड पाएकीछिन् ।
प्रतियोगिताको कोरियोग्राफीको भूमिका मेरिना तुम्साले गरेकी थिइन् भने संयोजक भक्तिराज राईको रहेको थियो । १ नं. मिस प्रदेश २०१८ को आयोजना पूर्वाञ्चल बागिना कला केन्द्र धरानले गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।