0 COMMENTS

उदयपुर ०९मंड्सिर०७५/ उदयपुरमा आज विहान ५ बजेको समयमा मोटर साइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

बेलका नगरपालिका ९ स्थित सेतीखोलाबाट रामपुर आउने क्रममा को. २२ प ८२८८ नम्बरको मोटर साईकल दुर्घटनामा हुदाँ सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष ४५ को शैलेश माझीको मृत्यु भएको हो । नदाहा, चतरा, कोशीपुल रुपनगर सडक खण्डको खारखोलमा मोटरसाईकल अनियन्त्रित भई हुँदा माझीको टाउँकोमा गहिरो चोट लागेकोमा उपचारको क्रममा धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

माझीसगै सवार बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष १७ का जितेन राई गम्भिर घाईते भएका छन । घाईते राईको विपीमै उपचार भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नविन सिंहले बताए । दुर्घटनामा परेको मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।