0 COMMENTS

 काठमाडौं ०९ मंसिर ०७५/देशका  १४ जिल्ला बाट छनाेट भई मिस प्रदेश २०१८ काे प्रतिस्पर्धा धरानमा भइरहेको छ । १ नम्बर स्तरीय १४ जिल्लाका प्रतिस्पर्धी विच बाट एक जनाले स्कुटर ताज र सम्मानित हुने अवसर पुर्वाञ्चल कला केन्द्रले प्रदान गर्ने अायाेजकले जनाएको हो । यतिबेला अन्तर्राष्ट्रिय खेलाडी रमिला बस्नेत पनि यो प्रतिस्पर्धामा सहभागी जनाएपछि देश विदेशमा पनि चर्चा चलिरहेको छ ।

१४ वर्षको कलिलै उमेरमा अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागीता जनाएर चर्चामा आएकी राष्ट्रिय ह्याण्डबल खेलाडी रमिलाले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गरेकी छन् । उनले हालसम्म पाकिस्तान, जापान, बंगादेश, भुटान, माल्दीब्स, भारत र दुवईलगायतका आधादर्जन बढी देशहरुमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई राष्ट्रलाई स्वर्ण पदक सम्म दिलाएकी हुन ।

रमिला बस्नेत लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले पनि थुप्रै सम्मान गरेको छ । यस्तै वर्ष २०१७ मा नेपाल जेसिज उत्कृष्ट युवा प्रतिभा पुरस्कार पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाेल्डमेडल सहित पुरुस्कृत गर्नुभएको थियोे । भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा प्रतिभा पुरुस्कार समेत बस्नेतले पाइसकेकि छन् । खेलाडी बस्नेत अहिले पत्रकारिता सामाजिक सेवामा समेत सक्रिय रहेकी छन् । मिस प्रदेश २०१८ काे समाप्ति भने मंसिर १५ गते शनिबार धरानको सभागृहमा हुने भएको अायाेजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।