0 COMMENTS

काठमाडौं०८मंङ्सिर०७५/ बिमस्टेक सम्मेलनका बेला चौथो पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाँचौंपटक आउन निम्तो दिएका थिए, केपी ओलीले ।

विवाह पञ्चमीमा जनकपुरको रामजानकी मन्दिर आउन ओलीको निम्तोमा मोदीले स्वीकारोक्ति पनि जनाएका थिए ।भारतीय लोकसभा चुनावका कारण उनी आउन नसक्ने भएपछि विवाह पञ्चमीमा भारतीय पाहुना को हुने भन्नेबारे विभिन्न अडकलबाजी भएका छन् ।

परराष्ट्र मन्त्रालयमा केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने प्रसंग चलेको थियो ।मोदीले आफ्नो प्रतिनिधिस्वरूप रेल्वे मन्त्री पीयूष गोयललाई पठाउने तयारी गरेको आँकलन पनि भयो । तर, यसबारे कुनै टुंगो लागिनसकेको परराष्ट्रले जनाएको छ ।

योगी आउने भन्नेबारे हल्का कुरासम्म भएको हो तर कुनै निर्णय भएको छैन,’ स्रोतले भन्यो ।भारतीय पक्षबाट भ्रमण रद्द भएपछि मोदी र ओलीबाट संयुक्त रुपमा जनकपुर–जयनगर रेलमार्ग उद्घाटन गर्ने कार्यक्रम पनि नहुने स्रोतले बतायो । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।