0 COMMENTS

भोजपुर, १ मङ्सिर ०७५/ उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताउनुभएको छ ।

भोजपुर उद्योग वाणिज्य सङ्घको १०आँै वार्षिक साधारणसभालाई सम्बोधन उहाँले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र सम्पूर्ण उद्योग व्यवसायीको हकहितका लागि आफूले पनि काम गरिरहेको बताउनुभयो । कृषिलाई अगाडि बढाउन सके समाजको विकास भएकाले कृषकलाई सहुलियत दरमा ऋण दिलाउन महासङ्घ लागिपरेको उहाँले जोड दिनुभयो ।
प्रतिनिधिसभा सदस्य सुदन किराँतीले सबैको साथ र सहयोगबाट जिल्लाको विकास सम्भव भएकाले सबैको सहकार्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्लामा रहेका उत्कृष्ट उद्योगी, व्यवसायीका साथै वाणिज्य सङ्घको भवन निर्माणका लागि रु ५० हजारभन्दा माथि सहयोग गर्ने विभिन्न व्यक्ति तथा महासङ्घका प्रतिनिधिलाईसम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।