0 COMMENTS

बासुदेब सेढाइ,लमजुङ,२५कार्तीक०७५/साहित्यकाे विभिन्न बिदामा कलम चलाएर लमजुङको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्यउनु भएका बहुप्रतिभाका धनी लमजुङको मर्स्याङ्दि गाउँपालीका – ९ निवासी लमजुङका युवा कवि बासुदेब थापा सम्मानित हुनुभएको छ ।

मकैडाडा सारिङ्ग साहित्य समाज नेपालले अाफ्नाे तेस्रो स्थापना दिवसका अवसरमा लक्ष्मी पुजाका दिन एक भब्य कार्यक्रम गरि थापालाई सम्मान गरेको हाे । उच्च नैतिक अाचरण , अनुसासन , ईमानदार , लगनशील , परिश्रमी थापा बिचारकाे हिसाबले पनि नयाँ, अग्रगामी साेच भएको ब्यक्तिकाे रुपमा हेरिन्छ । बहुप्रतिभाका धनी थापा साहित्यकाे अतिरिक्त पत्रकारिता र राजनीतिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।

लमजुङको पत्रकारिता क्षेत्रमा हाेस् वा साहित्यिक क्षेत्रमा उहाँको निस्वार्थ सेवाकाे याेगदान छ । क्रान्तिकारी र परिबर्तनगामि बिचारधारा बाट अभिप्रेरित उहाँ बिद्यार्थी कालमा जातिय भेदभाव बिरुद्ध कबिता लेख्दा गाउँ बहिष्कारमा समेत परेको बताउनुहुन्छ त्यसपछि झन् उहाँमा साहित्य पत्रकारिता र राजनीतिक बिचार बाट समाजका सामाजिक बिकृति बिसंगति बिरुद्ध लडेर समाजकाे सकारात्मक परिवर्तन गर्ने उत्प्रेरणा बढेको हाे । २०६० सालमा के हाे राजनीति के हाे संकृती निबन्ध , २०६४ मा ज्वालामुखि कबिता संग्रह , २०७० मा मानव गाथा माहाकाब्य र २०७४ मा हाम्रो भाषा राम्रो पत्रकारिता जस्ता समाज र देशकाे सकारात्मक बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने कृतिहरु प्रकाशित भईसकेका छन् ।

अार्थिक हिसाबले मध्यम बर्गका थापा ब्यक्तिगत , पारिवारिक स्वार्थ भन्दा समाज र देशकाे बिकासमा साहित्यकाे माध्यमबाट गर्नुभएको याेगदानकाे उच्च मुल्यांकन गर्दै सम्मान गरिएको मकैडाँडा सारिङ्ग साहित्य समाज नेपालमा अध्यक्ष ईन्द्र बहादुर सुयल बताउनुहुन्छ र सम्मान हुने अवसर प्राप्ति भएकोमा अझै सक्रियताका साथ अगाडि बढ्ने थापाकाे भनाइ छ । हाल अाएर राजनीति , पत्रकारिता , साहित्य साथै ज्याेतिष शास्त्रमा पनि दक्षता हासिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।