0 COMMENTS

काठमाडौं२१कार्तीक०७५/ यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका, बुइँगल, कोठाचोटा, आँगन सबै स्थान सफा र उज्यालो गरी दीपावलीसाथ लक्ष्मीको आराधना गर्ने प्रचलन छ ।

पात्रो अनुसार गाई र गोरुपूजा भोलि तोकिए पनि कसैकसैले लक्ष्मीपूजाकै दिन लक्ष्मीको प्रतीक मानेर गाईलाई पूजा गर्ने प्रचलन छ । यसै दिन गाईको पुच्छरमा जनैपूर्णिमाका दिन बाँधिएको डोरो बाँधेर बैतरणी नदी पारको मनोकाङ्क्क्षा पनि राखिन्छ ।

ज्योतिषशास्त्र अनुसार स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको पूजा गर्दा लक्ष्मी स्थिर भएर रहन्छिन् भन्ने मान्यता छ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार घाम अस्ताउनु अघिको २४ मिनेट र पछिको प्रदोषकालमा उद्यमी व्यावसायीले लक्ष्मीको पूजा गर्दा राम्रो हुन्छ भने गृहस्थका लागि साँझ पौने ६ देखि साढे ७ बजे सम्मको समय उत्तम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।