0 COMMENTS

रमेश बुढाथाेकी,१३कार्तीक०७५/सर्लाहीको रामनगरमा मंगलबार बिहान दुई पार्टीका कार्यकर्ताबीच झडप  हुँदा चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। रामगनर गाउँपालिका वडा नम्बर २ मा भएको झडपका क्रममा गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई सोमबार नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेको विषयमा मंगलबार बिहान दुई दलका कार्यकर्ताबीच झडप भएको हो। झडपमा सात जनाजति घाइते भएको प्रहरीले जनाएको छ। मृतकलाई गोली लागेको भए पनि अन्यलाई ढुंगामुढाले लागेको प्रहरीको भनाइ छ। प्रहरीले अहिले घटनास्थल नियन्त्रणमा लिएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। अहिले अवस्था नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।