0 COMMENTS

काठमाडौं ०९कार्तीक०७५/ बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन् ।

ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ । प्रहरीको अनुसार मृतकको अझै सनाखत हुन सकेको छैन ।

ट्रकको ठक्करबाट घाइते भएको बालकलाई ग्रीनसिटी हस्पिटलमा उपचारकको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।