0 COMMENTS

bhuwan-kcकाठमाडौ, मंसिर / अभिनेता भुवन केसीको ‘प्ले ब्वाइ’ आत्मकथा प्रकाशनमा आउनु अघि नै विवाद परेको छ । प्रकाशक कम्पनी र अभिनेता केसीबीच आत्मकथाको शिर्षकमा विवाद भएपछि महिनौ पहिले प्रकाशन गर्ने भनिएको पुस्तक अझै बजारमा आउन सकेको छैन ।
पाण्डुलिपि तयार भएपछि प्रकाशन कम्पनीले आत्मकथाको नाम ‘प्ले ब्वाय’ राख्ने खोजेको थियो । तर भूवन केसीले उक्त शिर्षकमा आपत्ती जनाएपछि पुस्तक प्रकाशनमा ढिलाई भएको छ । अघिल्लो वर्षको चैत महिनाभित्रै नायक भुवन केसीको आत्मकथा सार्वजनिक गर्ने बताइएको थियो । तर, प्रकाशक र केसीबीचको लफडा नसकिँदा पुस्तक प्रकाशन अन्योलमा परेको छ ।

प्रकाशक घोष्ट राइटिङ र भुवन केसीबीच आत्मकथाको नामकै विषयमा कुरा मिल्न नसक्दा आत्मकथा छापिन ढिलाइ भएको बताइएको छ । घोष्ट राइटिङका प्रमुख कमल ढकालले ‘प्ले ब्वाय’ नाममा बायोग्राफी प्रकाशन गर्न स्वीकृति मागेपछि भुवन बिच्किएका छन् । आफ्नो छविमा दीर्घकालसम्म ‘प्ले ब्वाय’ नामले असर पुर्याउने भन्दै प्रकाशक कम्पनीलाई उक्त नाममा किताब छाप्न नदिने अडान राख्दै आएका छन् । यता, प्रकाशकले पुस्तकको बिक्री बढाउन ‘प्ले ब्वाय’ टाइटलले सहयोग मिल्ने भन्दै भुवनमाथि उक्त नाममा सहमति जनाउन दबाब दिएको बताइन्छ । भुवनको आत्मकथामा बालापनदेखि दोस्रो संविधानसभा निर्वाचनसम्मको प्रसंग समेटी प्रकाशक घोष्ट राइटिङका ढकालले पाण्डुलिपि तयार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।