0 COMMENTS

प्रतिभा भट्टरार्इ२१असाेज०७५/  “हामी सबैको आवाज, हिंसा मुक्त समाज “भन्ने नाराका साथ  तारकेश्वर नगरपालिका मा हिंसा मुक्त समाज बनाउने उदेश्यले २०७५ असोज २० गते महानगरीय प्रहरी वृत बालाजु र लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितिद्वारा संयुक्त रुपमा लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतना मूलक र्यालीको आयोजना गरिएको छ ।

दशैं तिहार नजिकिँदै गर्दा समाजमा बढ्न जाने चोरी, डकैती तथा लागु पदार्थको सेवनले धेरै घरका महिला दिदीबहिनीहरु ले हिंसा सहन बाध्य हुनु पर्ने विवशता लाई मध्य नजर गर्दै यस्ता कार्यक्रम ले केहि मात्रामा भएपनी महिला हिंसा न्यूनीकरणमा सहयोग गर्ने अपेक्षा गर्दै आयोजित उक्त र्यालीमा नागरिक समाजका विशिष्ट व्यक्तिहरू, प्रहरी जवानहरू, विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरू, महिला समूहका दिदी बहिनीहरू तथा टोलबासीहरुको उलेख्य सहभागिता देखिन्थ्यो।

अष्ट नारायण हल बाट सुरु गरिएको सो र्याली नगरका गोलढुंगा, लोलाङ, शान्ति टोल लगायत अन्य टोलको पनि परिक्रमा पश्चात कान्तिपुर पार्टी प्यालेस नेपालटारमा पुगेर कार्यक्रममा परिणत भएको थियो। महानगरीय प्रहरी वृत्त बलाजुकी प्रहरी उपरिक्षक गंगा पन्तको प्रमुख आतिथ्य र लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समिति की अध्यक्ष विना रानाको अध्यक्ष ता मा आयोजित कार्यक्रममा महिला हिंसा न्युनिकरण का लागि अपनाउन सकिने विभिन्न उपाय हरुका बारे छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।