0 COMMENTS
कृष्ण कार्की

 रमिला बस्नेत उदयपुर , असाेज १९ / मोरङ्गको रतुवामाई नगरपालिका– ९ निवासी कृष्ण कार्की दुःखी रोगी र अशक्त तथा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सहयोग गर्ने भएका छन् । रतुवामाई नगरपालिका– ९ घर भई जापानमा बसोबास गर्ने कार्कीले ८५ बर्षभन्दा माथिका जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त ६० जनालाई सहयोग स्वरुप सम्मान गर्ने भएका हुन् ।

जापानमा श्रम गरेर नेपालमा रहेका असहाय र अशक्तहरुको सेवामा कृयाशिल कार्कीले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा रहेका अपाङ्गता भएका तुलिमाया कार्की र वाक्सा २ का रबिना राईलाई कार्कीले मासिक एक हजारका दरले जनही ६ हजार प्रदान गरेका छन् । कार्कीले रतुवामाई ९ मा बसोबास गर्ने ८५ बर्षमाथिका बृद्वबृद्वाहरुलाई असोज २९ गते एक कार्यक्रम गरी सम्मान गर्ने भएका छन् । कार्यक्रममा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरुलाई हरेकको घरघरमा गाडीमा लिन जाने र कार्यक्रम स्थलमा ल्याएर हरेक जेष्ठ नागरिकलाई नेपाली पोशाक लगाएर सम्मान गर्ने र अन्य अशक्तहरुलाई लत्ताकपडा बितरण गर्ने कार्यक्रम छ ।

कार्यक्रममा  कार्कीले शारीरिक रुपमा अशक्त ब्यक्तिहरुलाई प्रति महिना जनही १ हजारको दरले भत्ता बितरण गर्ने बताए । सो कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानीय कलाकारको नृत्य तथा नाटकप्रस्तुति समेत रहने आयोजकले जनाएको छ । जापानको ओकिनावामा कार्यरत कार्कीले बिभिन्न ठाउँमा विविध प्रकारको सहयोग गर्दै आएका छन् । ओखलढुंगाको मानेभञ्जयाङ २ मा जन्मिएक कार्की मोरङ, रतुवामाई नगरपालिका –९का स्थायी बासिन्दा हुन् । कार्कीले जन्मभूमि ओखलढुंगा मानेभञ्जयाङको मनकामना माविका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एलिना कार्की र एलन कार्कीलाई जनही ५ हजार रुपैँया नगद पुरस्कार प्रदान गरेका छन् । सो बिद्यालयमा उच्च शिक्षा सञ्चालनका लागि १ लाख सहयोग गरेका छन् ।

यस्तै, मोरङको रतुवामाई ९ को जनता माविका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने राजेश पौडेललाई नगद १० हजार प्रदान गर्नुका साथै अन्य ९ जना बिद्यार्थीलाई कार्कीले सम्मान गरेका थिए । कार्कीले मनमोहन अस्पताल काठमाण्डौमा मृगौला रोगबाट पीडित भएर उपचार गराइरहेका नेपाली चलचित्रका मेकअप आर्टिष्ट ईन्द्र लामालाई नगद १०हजार सहयोग गरेका थिए । असोज २९ गते सम्मान कार्यक्रममा कलाकारहरु र रतुवामाई नाट्य डबलीले नाटक समेत प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।