0 COMMENTS

काठमाडौँ१६असाेज०७५/ बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । साविक विजेता नेपाल ताजिकिस्तानसँग २-० गोलअन्तरलले पराजित भएको हो ।

नेपाली खेलाडी अनन्त तामाङले डी बक्सभित्र फल गरेपछि ताजिकिस्तानले पेनाल्टीको पाएको थियो । ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए ।

दोस्रो हाफको ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।नेपालले पटक पटक आक्रमणको प्रयास गरेपनि गोल भने गर्न सकेन । नेपालले आउँदो शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । आजै भएको पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशले लाओसलाई एक-शून्यले हराउँदै विजयी सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।