0 COMMENTS

काठमाडौं१३असाेज०७५ / हरेक युवक युवतीले बिहेको सपना देखेको हुन्छ । बिहेले सबैलाई उत्साहित बनाउँछ । जीवनसाथी कस्तो होला भन्ने जिज्ञासा सबैमा हुनछ । अनि कतिपयलाई त बिहेसम्बन्धी सपना पनि आउँछ । यस्ता सपनाले कस्तो जीवनसाथी पाइन्छ र उससँगको जीवन कसरी बित्छ भन्ने बताइदिन्छन् ।

सपनामा खुशी भएर नाचेको देख्नुभयो भने तपाईंको छिट्टै बिहे हुन्छ र दाम्पत्य जीवन सुखमय हुन्छ । सपनामा मह चाटेको देख्नुभयो भने सुन्दर र सुशील पत्नी पाउनुहुन्छ । सपनामा सुनको आभूषण उपहार पाएको देख्नुभयो भने धनी मानिससँग बिहे हुन्छ । सपनामा मेलामा घुमेको देख्नुभयो भने शुभ हुन्छ, योग्य जीवनसाथी पाइन्छ । सपनामा डुंगामा बसेको देख्नुभयो भने दाम्पत्य जीवन सुखमय बित्छ ।

सपनामा कुनै सुरुङ भएर जानुभयो भने दाम्पत्य सुखमा बाधा उत्पन्न हुन्छन् । पुरुषले सपनामा दाह्री काटेको वा कटाएको देख्यो भने दाम्पत्य जीवनका सबै अप्ठ्यारा हराउँछन् ।
सपनामा इन्द्रधनुष देख्नु शुभ हुन्छ । जीवनमा विवाहसम्बन्धी अभिलाषा पूर्ण हुन्छ । छिट्टै बिहे हुने संकेत पनि हो यो । मयूरका प्वाँखहरू हल्लिएको देख्नुभयो भने पनि छिट्टै बिहे हुन्छ । सपनामा रंगीन कपडाहरू हावामा फर्फराएको देख्नुभयो भने मन परेको मानिससँग विवाह हुन्छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।