0 COMMENTS

काठमाडौं१३असाेज०७५/ रेखा पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले यु–१८ महिला साफ च्याम्पीयनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । रेखा एक्लैले समूहको पहिलो खेलमा ७ गोल गरेपछि नेपालले पाकिस्तानलाई १२–० को गोलअन्तरले पराजित गरेको छ ।

नेपालको जितमा रेखा पौडेलको ७ गोलसँगै कप्तान सरु लिम्बु, रश्मी कुमारी घिसिङ, मञ्जली योन्जन, अलिसा जिम्बा र मनिषा पौडेलले समान एकएक गोल गरे । भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा खेलको ५ औं मिनेटमा नेपाललाई अग्रता दिलाएकी रेखा पौडेलले १७ औं मिनेटमा दोस्रो गोल गरिन् । १९ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता तेब्बर बनाएकी रेखाले ३२ औं मिनेटमा चौथो तथा ३८ औं मिनेटमा पाँचौ गोल गरिन् । पहिलो हाफको अन्तिमतिर कप्तान सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता ६–० मा पुर्याएकी थिइन् ।

ad ad
दोस्रो हाफमा आक्रमक बनेको नेपालले थप ६ गोल गर्यो । रेखा पौडेलले दुई गोल थपिन् भने रश्मी कुमारी घिसिङ, अलिसा जिम्बा, मञ्जली योन्जन र मनिषा पौडेलले १–१ गोल गरिन् । रेखाले ७१ औं, ७४ औं मिनेटमा दुई गोल थप्दा रश्मीले ६७ औं र अलिसाले ८२ औं मिनेटमा गोल गरिन् । खेलको इन्जुरी समयमा गोल गर्दै मनिषाले नेपालको गोल संख्या १२ पुर्याइन् ।

दोस्रो हाफमा ६ गोल गर्दै नेपालले पहिलो खेलमा पाकिस्तानबिरुद्ध १२–० को जित निकालेको छ । नेपालले अब आइतबार समूहको दोस्रो खेल बंगलदेशसंग खेल्नेछ । यसअघि आजै समूह ए अन्तगर्त भएको खेलमा भारत विजयी भएको छ । भारतले आयोजक भुटानलाई ४–० ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।