0 COMMENTS

काठमाण्डाै१२असाेज०७५/नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुंदै आएको सर्वाधिक राष्ट्रिय तथा अन्तराष्ट्रि शारीरिक सुगठनमा क्षेत्रमा सम्मानित प्रतियोगिता ‘धर्मश्री’ अशोज १९ र २० गते आयोजना हुने भएको छ ।

राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्र प्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा ब्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट सुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको १५ औं संस्करण अशोज १९ र २० गते हुने मन्दिरका अध्यक्ष नारायण प्रधानले पत्रकार सम्मेलनमा जानकारी गराए ।

राष्ट्रब्यापी खुल्ला प्रतियोगिताको रुपमा रहेको प्रतियोगितामा करिव ४०० खेलाडीहरुले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने र प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीहरुले ओभरअल राउण्डमा धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

१५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ । धर्मश्री बिजेतालाई नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिने छ । यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको हौशला अभिबृद्धि गर्न भारतका चर्चित दुई पटकका मि. वल्र्ड, मि. युनिभर्स तथा मि. ईण्डिया संग्राम चौगुले पनि नेपाल आउने भएका छन् ।कुल ४० लाखको बजेट रहेको प्रतियोगिताको अघिल्लो संस्करणको धर्मश्री पर्शाका अर्जून बर्णवाल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।