0 COMMENTS

काठमाडौं १२असाेज०७५/आउँदो शनिबारबाट हुने पल्सर सहिद स्मारक ए डिभिजन लिगको सबै तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलनमार्फत गर्दै झन्डै पाँच वर्षपछि शुरु हुन लागेको लिगको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

लिगको उद्घाटन खेल शनिबार न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा दिउसो ३ः०० बजेशुरु हुनेछ । लिगको उद्घाटन दौरान दक्षिण एसियाली रिजनल डेभलपमेन्ट अफिसर प्रिनस रफसको पनि उपस्थिति हने एन्फाले जनाएको छ । उद्घाटन अघि नै एन्फाले सामाजिक उत्तरदायित्वको बहन गर्दै प्रतियोगितामा ‘रेड कार्ड टु ड्रग्स’ भन्ने नारामा करिब ४५ मिनेट सांगित कार्यक्रम हुने बताएको छ ।

लिग कमिटिका संयोजक विज्ञानराज शर्माले लिगलाई व्यवस्थित र फिक्सिङमुक्त बनाउन खेल हुने दुवै मैदानमा सिसिटीभी क्यामरा जडान गरिएको र यस विषयमा क्लबका खेलाडी तथा अफिसियलसँग एन्फा इन्टिग्रिटी अफिसरबाट निरन्तर छलफल भैरहने बताएका छन् । त्यस्तै, कार्यक्रममा एन्फाका महासचिव इन्द्रमान तुलाधरले एनआरटी र आर्मी बीचको खेलपछि दोस्रो दिन संकटा क्लब र सरस्वती युवा क्लबबीच खेल हुने र त्यसपछि अर्को सूचना जारी नभएसम्म लिग स्थगित हुने बताए ।

नेपालले बंगबन्धु गोल्डकपमा सहभागीता लिने भएपछि ए डिभिजन लिग प्रभावित हुने भएको हो । बंगबन्धु गोल्डकप असोज १५ देखि सुरु हुँदैछ । नेपाली टिमले गोल्डकपको समूह चरण पार गरेको अवस्थामा दशैं अघि एक चरणको खेल हुने सम्भावना रहको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । नेपाल समूह चरणमै रोकिएको अवस्थामा २ चरणको खेल हुने उनको भनाइ छ ।

एन्फाले दशैं र तिहारको बीचमा नेपालले साफ यू–१५ च्याम्पियनसिप आयोजना गर्दैछ । त्यसैले लिग तिहारपछि मात्र सुचारु हुनेछ । तिहारपछि हुने लिगका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ । लिग सातामा ३ दिन मात्र हुनेछ । लिग अवधिमा मोफसलका प्रतियोगिता संचालन नहुने महासचिव तुलाधरले बताए ।

लिगका लागि सम्पूर्ण क्लबले तयारी गरिरहेको र एन्फामा कम्तिमा १८ खेलाडी दर्ता गराइसकेका छन् । एक टिमले चार विदेशी खेलाडी राख्ने पाउने प्रावधान छ । ४ मध्ये एक खेलाडी दक्षिण एसियाको हुनु पर्नेछ । ३ जना मात्र विदेशी खेलाडी अनुबन्ध गरे दक्षिण एसियाको नभए पनि हुनेछ । आवद्ध भएका चारै विदेशी खेलाडी एकै खेलमा खेल्न पाउनेछन् । लिगको लागि टिकट मूल्य २ सय तोकिएको छ । एन्फाको भीआइपी प्याराफिटबाट खेल हेर्न भने ५ सय तिर्नु पर्नेछ । एन्फा कम्प्लेक्समा २५ सय र हल्चोक मैदानमा ५ सय टिकट ब्रिक्री गर्ने एन्फाले जनाएको छ ।

लिगलाई व्यवस्थित र मर्यादिन बनाउन तथा म्याच फिक्सिङलाई निरुत्साहित गर्न एन्फाले इन्ट्रिग्रिटी समिति बनाएको छ । दुवै खेल स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । प्रत्येक टिमलाई म्याच फिक्सिङ निरुत्साहित गर्न छलफल गर्ने र ¥यान्डम डोपिङ गर्ने एन्फाले जनाएको छ । लिग कमिटीका संयोजक विज्ञानराज शर्माले फिक्सिङलाई रोक्न विभिन कदम चालिएको बताए । उनले फिक्सिङ भएमा पुलिस केस, प्रतिबन्ध वा फिफाको निमयअनुसार हदैसम्मको कारबाही गरिने बताए । लिग पुस ३० गतेसम्म हुनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।

लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब गरी १७ टोलीले सहभागिता जनाएका छन् । लिगको विजेताले ५० लाख पाउने जानकारी दिएको हो ।

यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने छ । चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।