0 COMMENTS

काठमाण्डाै२५भदाै०७५/ आयोजक पिस प्वाइन्टले तेश्रो पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि अाफ्नाे पाेल्टामा पारेकाे छ । ब्वाइजतर्फ पिस प्वाइन्ट स्कुल लगातार च्याम्पियन बनेको यो  तेश्रो पटक हो । गल्र्समा भने गत संस्करणको उप विजेता क्याम्ब्रिजले पहिलो स्थान हात पार्‍यो ।
सानो गौचरणमा भएको ब्वाइजको फाइनलमा पिस प्वाइन्टले जगत मन्दिरलाई ३–२ गोलअन्तरले पराजित गर्‍यो । पिस प्वाइन्टका अनिल चौलागाईंले ह्याट्रिक गरे । अनिल नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । अंकुरले रिभेरालाई २–० गोलले हराउदै तेश्रो स्थान हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

गल्र्सको उपाधि भिडन्तमा क्याम्ब्रिजले डिफेन्डिङ च्याम्पियन पिस प्वाइन्टलाई १–० गोलअन्तरले पराजीत गरेकाे थीयाे । जेशिका सिंह श्रेष्ठले निर्णायक गोल गरिन् । केभीएसबाट वाक ओभर पाएको एजीएम तेश्रो भयो ।

पहिलोले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जिते ।ब्वाइजतर्फ गोलरक्षकमा जगत मन्दिरका राहुल सुनुवार तथा डिफेन्समा पिस प्वाइन्टका बलबहादुर थापा उत्कृष्ट खेलाडी  घाेषीत भएका थीए । प्रतियोगिताभर ७ गोल गरेका अंकुरका जय अधिकारी सर्वाधिक गोलकर्ता बनेका थीए  ।

गल्र्समा पिस प्वाइन्टकी एनी तामाङ उत्कृष्ट डिफेन्डर तथा क्याम्ब्रिजकी महिष्मा राई उत्कृष्ट गोलरक्षक चुनिए ।विजेतालाई काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीलगायतले एक कार्यक्रमबीच ट्रफी,मेडल लगाएत पुरस्कृत गरे । भदौ १७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २१ र गल्र्समा ४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।