0 COMMENTS

काठमाण्डाै१६भदाै०७५/  विल्सन स्कुल र पिपल्स स्कुल सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा सिनियर ब्वाईज तर्फ शनिबार फाईनलमा प्रवेश गरेका छन् ।

विल्सनले एलआरआईलाई ७० । ४६ अंकले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । विल्सनका लागि पेम्बा शेर्पाले ३९ अंकको योगदान गरे । यस्तै पिपल्सले नेरिकमाथी संकेत शाहीको २७ अंकको सहयोगमा ५९ । ५८ अंकले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

ग्रिनफिल्ड स्कुलको आयोजनामा भएको प्रतियोगिताको सिनियर गल्र्स तर्फ एभिएस र आयोजक ग्रिनल्याण्ड फाईनल प्रवेश गरे । एसभिएसले केइएमाथी १७­।११ को जित निकाल्यो । बिमला एइडीले ८ अंक जोडिन् । ग्रिनल्याण्डले अरिषा खड्काको १६ अंकको मद्धतमा स्वर्णिम माथी २९।२५ को जित निकाल्यो ।

जुनियर ब्वाईजमा महामञ्जुश्रीले रेडियन्टलाई ४१।१७ अंकले पराजित गर्दै फाईनल यात्र तय गर्यो । मञ्जुश्रीका गोकुल भुजेलले १८ अंक जोडे । यस्तै ग्रिनफिल्डले अल्बर्ट भण्डारीको ९ अंक सहयोगमा सेब्सलाई ३०।२१ अंकले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।स्कुलका कर्मचारीहरुको विचमा भएको आयोजक ग्रिनफिल्ड र महामञ्जुश्री तथा एक्सेल्सियर र सेब्स सेमिफाइनल प्रवेश गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।