0 COMMENTS

 काठमाण्डाै०८भदाै०७५/ आयोजक जेभियर ईन्टरनेशनलको ए टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगितामा ब्वाईज तर्फ बिहिबार जित निकाल्न सफल भएको छ । यु –१९ मा जेभियरले मोर्गन ईन्टरनेशललाई ६१–४४ अंकले पराजित गर्यो । जेभियरका निकेश मगरले १७ अंक जोडे । पहिलो क्वाटरमा ६–९ले पछि परेको जेभियर दोश्रो क्वाटरमा सुधार गर्दै २४–९ ले अगाडी बढ्यो । त्यस्तै जेभियरले तेश्रो क्वाटरमा १४–१३ र चौथोमा १७–१३ले पछाडी पादौ जित आत्मसात गर्न सफल भयो ।

यस्तै यु–१९कै अर्को खेलमा सन्तोष दाहालको १९ अंकको योगदानमा सम्बृद्धिले जिजिआईसी माथी ३७–२७ बास्केटले जित निकाल्यो । पहिलो क्वाटरमा ७–५ को जित निकालेको सम्बृद्धिले दोश्रोमा ९–९ को बराबरी खेल्यो । तेश्रोमा पुन ७–५ अंकले अगाडी रहेको सम्बृद्धि चौथोमा १४–८ को अग्रताका साथ खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।

गल्र्स तर्फको खेलमा भने सम्बृद्धि साईपाल संग पराजित भयो । सुरुको क्वाटरमा ८–८ को बराबरीबाट अगाडी बढेको साईपाल दोश्रो क्वाटरमा ११–८ ले पछि प¥यो । आफ्नो खेललाई सुधार्दै साईपालले तेश्रोमा ८–६ को अग्रता लियो भने चौथोमा १२–४ को अग्रताका साथ बिजयी भयो । साईपालका लागि रश्नी श्रेष्ठले १२ अंक जोडिन् ।प्रतियोगितामा १७ छात्र तथा ५ छात्रा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।