0 COMMENTS

काठमाण्डाै०५भदाै०७५/ एप्पलको शोरुममा बिक्रीका लागि राखिएको आइप्याड पड्कीएपछि कम्पनीका तीन कर्मचारी घाइते भएको बताइएको छ । नेदरल्यान्डको एम्स्टरडर्मस्थित एक शोरुममा आइप्याडको ब्याट्री पड्कीँदा सो दुर्घटना भएको हो । ब्याट्री पड्कीएपछि त्यसबाट निस्किएको हानिकारक रासायनिक धुँवाका कारण कर्मचारीलाई सास लिनमा समस्या देखिएपछि उपचारका लागि लगिएको बताइएको छ ।

सोमबारको यो घटनापछि तत्कालै शोरुमलाई खाली गरि बन्द गरिएको थियो । ब्याट्री पड्कीनासाथै कर्मचारीहरु आगो निभाउन सफल भएपनि त्यसबाट बाहिर निस्किरहेको हानिकारक धुँवालाई रोक्न चाहिँ असमर्थ भएका थिए । त्यसैक्रममा घटनास्थल पुगेको दमकलले शोरुमलाई खाली गराइ हावामा कुनै खराबी नभएको सुनिश्चित गरेको थियो । जसपछि शोरुम फेरि खुलाइएको हो । यसबारे पहिले एम्स्टरडर्मको फायर ब्रिगेडले ट्वीट गर्दै घाइते भएका कर्मचारीको खबर दिएको थियो ।

एप्पलको न्युज साइट ‘नाइट टु फाइभ म्याक’ ले बताए अनुसार पछिल्लो समय एप्पलले यो भन्दा गम्भीर दुर्घटनाहरुको सामना गर्नु परिरहेको छ । वास्तवमा कम्पनीले पुराना आइफोनको ब्याट्री बदल्ने अभियान सुरु गरेदेखि नै यस्ता घटनामा वृद्धि हुँदै गइरहेको बताइएको छ जसपछि कम्पनीले सबैतिरबाट नकारात्मक प्रतिक्रिया पाएको हो । एप्पलले पुराना आइफोनहरुको ब्याट्रीलाई सुस्त बनाइदिने भनेपछि त्यसै समय कम्पनी बारम्बार आलोचित हुनु परेको थियो । तर एक ग्राहकले कम्पनीको यस्तो निर्णय विरुद्ध कानूनी कारबाही अघि बढाउन उजुरी हालेपछि एप्पलले सबैलाई भारी छुटमा वा निःशुल्क पुराना ब्याट्रीहरु बदलिदिने घोषणा गरेको हो ।बीबीसी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।