0 COMMENTS

मिलन चाम्लिङ,धरान०४भदाै०७५/ कृषि उपज बजार स्थलमा रहेको व्यवस्थापन समितिले कृषक र व्यवसायीबाट दोहोरो कर असुली गरेको भन्दै धरानकाे भानु सब्जि तथा फलफुल व्यवसायी समितिले विरोध गरेको छ ।
कृषि बजार व्यवस्थापन समितिले ग्राहकसँग करका नाममा थप शुल्क लिने गरेको भानु सब्जि तथा फलफुल व्यवसायी समितिले बताएको छ । सोमबार भानु सब्जि तथा फलफुल व्यवसायीले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी आफुहरु कुनै पनि हालतमा दोहोरो शुल्क नतिर्ने पक्षमा रहेको बताएका छन् । व्यवसायीले सिधै कृषकबाट फलफुल तथा तरकारी खरिद गर्न पाउनुपर्ने माग समेत राखेका छन् ।

उनीहले कृषि उपज बजारले एकाधिकार कायम राखेसम्म उपभोक्ताले जहिले तरकारी महंगो मुल्यमा खरिद गर्नुपर्ने बताएका छन् ।भानु सब्जि तथा फलफुल व्यवसायी समितिका अध्यक्ष हर्कप्रसाद तुम्रोकले आफुहरुको माग सुनुवाई नभए विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् ।

उनका अनुसार मागलाई बेवास्ता गरे सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने, शान्तिपुर्ण र वैधानिक संघर्षका लागी न्यायलयसम्म पुग्न सकिने छ ।
अहिले कृषि बजारमा नपुर्याई धरानका कुनैपनि खुद्रा पसलमा कृषिजन्य वस्तु विक्री गर्न नपाइने गरी कृषि उपज बजारले सिण्डिकेट लगाएको भानु सब्जि तथा फलफुल व्यवसायी समितिका सचिव राजेन्द्र दर्नाले बताए ।

उनका अनुसार कृषि उपज बजारले एकाधिकार कायम गरी सबै कृषि जन्य वस्तु अनिवार्य रुपमा कृषि बजार पु¥याउनुपर्ने र तिनीहरुलाई दोहोरो शुल्क नबुझाइ बजारमा बेच्न नपाइने भएकोले यस्तो प्रथा अन्त्य गरियोस् । दोहोरो शुल्क बुभाएर तरकारी बेच्न राख्दा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको समेत गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।