0 COMMENTS

काठमाण्डाै०३भदाै०७५/ युवा सघ नेपाल महिला विभागले पछिल्लो समय बलात्कारको बढदो घटनालाइ कडाइका साथ कारवाही गर्न जिल्ला प्रशासन कार्यलय झापा मार्फत गृहमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ।

आज जिल्ला प्रशासन कार्यलय झापामा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाइ युवा सघ झापा महिला विभाग प्रमुख निर्मला आचार्य खतिवडाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

झापामा पछिल्लो समय बलात्कारको घटनामा ह्वात्तै वढेसगै युवा सघ महिला विभागले झापाका १५वटै नगर तथा गाँउपालिकाका प्रमुखलाइ ध्यानाकर्षण पत्र बु्झाउदै कडा कार्वाहीको माग गरेको महिला विभाग सचिव रोजिना पाण्डेले जानकारी दिनुभएको हो ।
गत साउन २७गते अन्तराष्टिय युवा दिवसको अवसर पारेर एक हप्ते अभियान सन्चालन गरिएको अनेरास्ववियुकी केन्द्रिय सदस्य तथा अभियानकी निता घतानीले बताएकी छिन ।

अभियान आज जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएर समापन गरिएको छ।यो वर्ष मात्रै झापामा ९९वटा जवरजस्ती करणीको मुद्दा .दर्ता गरिएको र हाल सम्म ९१वटा मुद्दा किनारा लगाइ अभियुक्तलाइ कार्वाही गरिएको झाापाको प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभएको हो ।समाचार स्राेतःपुर्बखब डट कम

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।