0 COMMENTS

काठमाडौं३०, श्रावण०७५/गृहमन्त्री रामबहादुर थापाले नेपालमा पछिल्लो समय तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको खुलाशा गरेका छन् ।

मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कार्वाहीको दायरामा ल्याइएको थापाले दाबी गरेका छन् ।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ दुवई रहेको छानवीनबाट पत्ता लागेको बताउँदै ३३ किलो सुन तस्करीका लागि गठित छानवीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानवीनको दायरामा ल्याएको जानकारी दिए ।

सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको बताउँदै प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी गरेका छन् ।

विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै उनले त्यसो हुन नदिने प्रतिवद्धतासमेत जनाएका छन् । सडक लगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरूलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिएको थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।