0 COMMENTS

काठमाण्डाै२५साउन०७५/ चार दिनदेखि लगातार मूल्य स्थिर रहेकोमा आज शुक्रबार भने नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार दुई सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५५ हजार ९०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार पनि बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ । त्यस्तै, आजपनि बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।