0 COMMENTS

काठमाडौं २५साउन०७५/ अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ ।हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो ।

यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।ती चारवटै स्काइ ट्रकको अन्तराष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले विस २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता रोकेको थियो ।२०५८ अघिसम्म अमेरिकाले नेपाललाई दिँदै आएको सैन्य सहायता पछिल्लो १५ बर्षमा रोकिए पनि पुनः सुचारु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।