0 COMMENTS

हरेक मान्छेको जीन्दगीमा विवाह एक महत्वपूर्ण निर्णय हो । विवाहपछि मानिसको जीन्दगीमा आमूल परिवर्तन आउँछ । आफूलाई एक्लो महशुस गर्ने मान्छेको सम्बन्धको दायरा सोचेभन्दा फराकिलो बन्छ । हाम्रो समाजमा विवाहलाई जरुरी मानिन्छ ।

यो कुरा साँचो हो कि विवाह बंधनमा बाँधिएपछि दुई अन्जान व्यक्ति एकअर्काको बन्न पुग्छन् र आफ्नो पूरा जीन्दगी एकसाथ विताउँछन् । यो सम्बन्ध प्रेम, भरोसा, आपसी समझ र सहयोगको हुने गर्दछ । यिनै चिजहरुबाट वैवाहिक सम्बन्धलाई खुसी र सुखमय बनाउन सकिन्छ । फेरि पनि विवाह भन्ने चीजबाट धेरै युवतीहरु डराउँछन् । उनीहरु डराउनुको कारण के हो त ?

पहिचान गुम्ने डर : कयौं मामिलामा युवतीहरुलाई विवाहपछि आफ्नो पहिचान गुम्ने डर हुन्छ । यसकारण पनि उनीहरु विवाह भन्दा डाराउँछन् । युवतीहरु अपरिचित व्यक्तिमा निर्भर हुनबाट डराउँछन् ।

संयुक्त परिवारको झन्झट : आजकलका मोर्डन युवतीहरु आफ्नो पति र बच्चाको साथ एकल परिवारमा रहन रुचाउँछन् । यस्तो सोच राख्ने केटीहरु आफ्नो हुनेवाला श्रीमानको संयुक्त परिवारमा बस्नुपर्ला कि भनेर डराउँछन् ।

ज्यादा जिम्मेवारी बहनको चिन्ता : यसको मतलव यो होइन कि महिलाहरु जिम्मेवारीबाट पन्छिन खोज्छन् । यो त मानव स्वभावनै हो ज्यादा जिम्मेवारी बहन गर्नुपर्छ भनेर मानिसहरु दुरी बनाउन थाल्छन् । जिम्मेवारीको डर र बोझले पनि महिलाहरुको मनमा विवाहलाई लिएर डर पैदा हुन्छ ।

स्वतन्त्रता गुम्ने डर : विवाहसँग डराउनुको एक महत्वपूर्ण कारण यो पनि हो । कामकाजी र ज्यादा कमाउने युवतीहरुलाई विवाह उनीहरुको स्वतन्त्रताको दुश्मनझै लाग्छ । केटीहरुलाई आफू जन्मेकै घर ज्यादा सुविधाजनक लाग्छ । घरमा कसैले पनि उनीहरुको निजी मामिलामा खासै दखल दिँदैनन् । तर, विवाहपछि यी सबै कुराहरुमा सम्झौता गर्नुपर्ने हुन्छ । यस्ता स्वभावका महिलाहरुले सोच्छन् विवाहसँगै आफ्नो पति र उसको परिवारसँग बस्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।