0 COMMENTS

काठमाडौँ २३साउन०७५/ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)सम्बन्धी जारी श्वेतपत्र अनुसार ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरिएको छ । अस्पतालका पदाधिकारीको कार्यकाल मङ्गलबार सकिएसँगै पदाधिकारीहरूले आफ्नो चार वर्षे कार्यकालमा भए गरेका उपलब्धिहरू पनि सार्वजनिक गर्दै यस्तो दाबी गरिएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. गणेश गुरुङले आफूले नेतृत्व सम्हाले यता संस्था १२ करोड रुपियाँभन्दा बढी घाटा रहेकोमा हाल थोरै भए पनि नाफामा सञ्चालन भइरहेको दावी गर्नुभयो । डा. गुरुङ्गले यसअघि ८६ करोड रुपियाँ बेरुजु रहेकोमा पछिल्लो समय बेरुजु नरहेको प्रस्ट पार्नुभयो । गत वर्ष मात्रै एक अर्ब २७ करोड रुपियाँ बराबरको उपकरणहरु खरीद गरिएको थियो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।