0 COMMENTS

लमजुङ्ग,१७साउन०७५/ लमजुङको बेसिशहर नगरपालिका – ११ रामचाेकबेशिमा रहेको पवित्र धार्मिक स्थल त्रिबेणिकाे शिवालय मन्दिर बाट साेहि वडाकाे तिलाहार शिद्देश्वाेर माहादेब मन्दिर सम्म बाेलबम यात्रा हुने भएको छ ।

बिशेष गरि शिवको महिमा गाउने ,भजन किर्तन ,पुजापाठ गरिने पवित्र महिना साउनमा देशभरका शिवालय मन्दिरमा साेमवार पारेर अारधाना गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउन महिनाकाे तेस्रो साेमवार हुने बाेलबम यात्रामा रामचाेकबेशिकाे त्रिबेणि शिवालय मन्दिर बाट लगिएको पवित्र जल चिति तिलाहारकाे महादेब मन्दिरमा लगेर जलार्पण गरिन्छ । जल अर्पण पछि शिवकाे महिमा सम्बन्धि प्रवचन हुनेछ । बिगतका बर्षहरुमा भन्दा यस बर्ष अझै भब्य तरिकाले बाेलबम यात्रा सम्पन्न गर्नकाे लागि सपना श्रेष्ठ संयाेजक र सुमित्रा दवाडी उपसंयाेजक रहेको यात्रा ब्यबस्थापन समिति गठन गरिएको अायाेजक संस्था चिति साहित्य समाज लमजुङले जानकारी दिएको छ ।

साेमवार बिहान ८ बजे त्रिबेणिकाे शिवालयमा जम्मा भएर जल सहित शिबकाे भजनकिर्तन गर्दै झाँकि समेत हजारौं भक्तजनकाे साथमा यात्रा सुरु हुनेछ। रामचाेक गाउँ ,तिनपिप्ले तिलाहार हुदै शिद्देश्वाेर माहादेब मन्दिरमा पुगेपछि भक्तजनहरु लाई भाेजन प्रशादकाे साथै पण्डित बेदराज पन्त द्वरा शिव महिमाकाे प्रवचन हुनेछ । बाेलबम यात्राले भक्तजनमा शुख शान्ति र मृत्यु पछि माेक्ष्य प्राप्त हुने बिश्वास रहेको अायाेजक संस्थाका अध्यक्ष स्थिर घिमिरे बताउनुहुन्छ । यात्रामा चिति लगाएत अन्य स्थानहरु बाट पनि भक्तजनको उपस्थिती हुनेछ । कार्यक्रम लाई भब्य बनाउनकाे लागि ब्यावस्थापन समितिले सक्रियताका साथ काम गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।