0 COMMENTS

काठमाडौं१५, साउन ०७५/ गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे मंगलबार गृह मन्त्रालयमा आयोजित समीक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहेपनि अझै गति बढाउन आवश्यक रहेको टिप्पणी गरे ।

उनले भने–‘प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन । अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुनेछैन ।’

उनले मन्त्रालयले दिएको जिम्मेवारीअनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिबद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिए ।

उनले भने–‘अहिले हामी सक्रिय भएपछि अपराधीहरु निस्कृयजस्तो देखिएका छन् । मौका मिल्नेबित्तिकै उनीहरु फेरि सक्रिय हुन्छन् । त्यसैले उनीहरुको सञ्जाल तोडिने गरी काम गर्नोस् ।’

उनले यो अवधिमा यातायात क्षेत्रको ‘सिन्डिकेट’ अन्त्य, सुन तस्करीलगायतका क्षेत्रमा बेथिति अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिए ।

बैठकमा गृह मन्त्रालयमा सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिइने स्पस्ट पारे ।

बैठकमा गृह मन्त्रालयअन्तर्गतका महाशाखा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभागले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाअनुरुप आफूहरुले हालसम्म गरेका काम–कारबाहीको विवरण प्रस्तुत् गरेका थिए ।

ती ८२ बुँदेमध्ये ७२ ओटा बुँदा केही कार्यान्वयनमा आइसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण बैठकमा प्रस्तुत् गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।