0 COMMENTS

सनातन धर्म संस्कृतिमा स्वस्तिक चिह्नलार्इ प्राचीन कालदेखि नै मंगल प्रतीक मानिदैं अाएकाे पाइन्छ । त्यसैले कुनै पनि शुभ कार्य शुभारम्भ गर्नु अघि स्वस्तिक चिह्न अंकित गरी त्यसकाे विधिपूर्वक पूजा गर्ने चलन अद्यापि छँदैछ । स्वस्तिक शब्द सु, अस र क तीनवटा शब्द मिलेर बनेकाे छ । सु काे अर्थ इच्छा , अस काे अर्थ सत्ता वा अस्तित्व र क काे अर्थ कर्ता वा गर्ने व्यक्ति भन्ने बुझाउँछ । यस प्रकार स्वस्तिककाे अर्थ राम्राे अथवा मंगलदायक भन्ने हुन्छ ।

स्वस्तिकमा दुर्इवटा सिधा रेखाहरू एकापसमा परस्पर काटिएका हुन्छन् र ती रेखाहरू अगाडि गएर माेडिएका हुन्छन् । त्यति मात्र हाेइन ती रेखाहरू सिरानमा पनि केही मात्रामा अगाडितिर माेेडिएकाे पाइन्छ । यसरी अगाडितिर रेखाहरू माेडिएका चिह्न स्वस्तिक हाे भने रेखाहरू अगाडिकाे सट्टा पछाडितिर माेडिएका छन् भने त्याे चाहिँ वामावर्त स्वस्तिक हाे । जर्मनीकाे हिटलरकाे झण्डामा यही वामावर्त स्वस्तिक चिह्न अंकित थियाे ।

तर यही स्वस्तिक चिह्न अाजभन्दा ८००० वर्ष पहिले बुल्गेरियामा प्रयाेग हुन्थ्याे भन्ने थाहा पाउँदा तपार्इँलार्इ अाश्चर्य लाग्न सक्छ । वास्तवमा याे सत्य हाे । बुल्गेरियाकाे उत्तर पश्चिमी नगर भ्रस्तमा माटाेले बनेकाे स्वस्तिक प्रयाेग भएकाे तथ्य प्रकाशमा अाएकाे छ । हालै बुल्गेरियामा अायाेजित पुरातात्विक वस्तुहरूकाे प्रदर्शनीका क्रममा याे सत्य पत्ता लागेकाे हाे । भ्यागुताे अाकारकाे उक्त स्वस्तिक चिह्नले सनातन धर्म र संस्कृतिकाे गाैरव र गरिमा फेरि एकचाेटी विश्वमाझ प्रस्तुत गरेकाे छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।