0 COMMENTS

इटहरी१२साउन०७५/  एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपाल २०१८ को अडिसन साउन १६ गते इटहरीमा हुने भएको छ । यृ्वाहरुमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गरेर विश्व सामु नेपाल र नेपालीलाई चिनाउने यस मिस्टर नेपालको अडिसन इटहरीस्थित गंगा जमुना पार्टी प्यालेसमा हुने भएको हो ।

सौन्दर्य लगायत ब्यक्तित्वको प्रदर्शन गर्ने उदेश्यका साथ मिस्टर नेपाल २००१ देखि निरन्तर प्रतियोगिता आयोजना गदै आएको आयोजक एक्सपोज नेपालको सिईओ अर्चना बस्नेतले जानकारी दिइन । इटहरी अडिसनमा बिराटनगर, इटहरी र धरानका युवाहरुले सहभागीता रहने छ ।
अन्य स्थानमा पनि अडिसन सकेर अन्तिम चरणको अडिसन कार्यक्रम साउन महिनाको २६ गते काठमान्डौंको टेकु स्थित मसला कटेजमा हुने छ । देशैभरी बाट छानिएर आएका युवाहरुले एक महिनाको प्रशिक्षण क्लास लिए पश्चात प्रतियोगीहरु कार्यक्रमको अन्तिम चरणमा पुग्ने बताईएको छ ।

यस बर्ष मिस्टर नेपालको टाईटल बिजेताले ‘सुजुकी इन्ट्रडर’ बाईक पाउनुको साथै बिजेता तथा उपबिजेताले बिभिन्न स्पोन्सर उपहार जित्न छन् । मिस्टर नेपालको उपाधि जित्नेले मिस्टर वल्डको प्रतिनिधित्व गर्ने बताइएको छ । मिस्टर बल्ड बिश्वभरका पुरुषहरु सहभागी रहने बिश्वकै ठुलो प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।