0 COMMENTS

काठमाडौं०९साउन०७५/ अमेरिकामा एकजना नेपाली महिलामाथि गोली प्रहार भएको छ । अमेरिकामा रहेका गुणराज लुँइटेलका अनुसार अमेरिकाको ओक्लोहमाको ग्यास स्टेसनमा काम गरिरहेका बेला एकजना लुटेराले अन्धाधुन्ध गोली हानेको थियो ।

गोली लागेर घाइते हुनेमा गोरखाकी रचना श्रेष्ठ रहेको उनले फेसबुकमार्फत जानकारी गराएका छन् । उनको शरीरमा ८ वटा गोली लागेको उनका श्रीमान कपिल श्रेष्ठलाई उद्धृत गर्दै लुइटेलले फेसबुकमा उल्लेख गरेका छन् ।

उनका उपचार स्थानीय सेन्ट फ्रान्सिस अस्पतालमा भैरहेको छ । गोली हान्ने व्यक्ति पनि पक्राउ गरिएको छ । गोली लागेर घाइते भएकी श्रेष्ठका साढे २ वर्षका छोरा रहेका छन् । उनलाई राति नै हेलिकोप्टरमार्फत टुल्सा सहरमा लगेर उपचार गरिरहेको उनले बताएका छन् ।उनको पिठ्यु, पाखुरा र कम्मरमा गोली लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।