0 COMMENTS

नेपालमा राजनीतिलाई आफ्नो ब्यबसाय बनायर सदैव सत्ताको मोहमा पल्केका नेपालका राजनीति दल र नेतालाई बिदेशीले आफ्नो अनुकुल हुनेगरी कठपुतली झै नचाउदा “आज देसमा बिदेशी लाई अनुकुल हुनेगरी बनायको संविधान” उनीहरुको ईसारामा उनीहरुलाई अनुकुल हुने ल्यायको संघियता सोहिको ईसारामा जबरजस्ती लादेको धर्म निरपेक्षता, देसलाई आज कहिले जातिबाद कहिले धर्मवाद, कहिले क्षेत्रीयता वाद , कहिले बर्गवाद , आरक्षणवाद को नाम बाट सत्ताको मोहमा पल्केका सुकिलामुलिला बिदेशी बेमौसमी दलालहरु आज देसलाई जनताको ढाड सेक्नेगरी कर उठाउदै,आफ्ना आसेपासेहरुलाई हरेक क्षेत्रमा हालिमुहालिका ठेकेदार बनायर  आफ्ना आफ्ना पसल थापेका छन ।

हत्यारा, भ्रष्टाचार , तस्कलाई संरक्षण गर्दै बिदेशीको ईसारामा आफैले बनायको कानुनलाई धोती लागाउने काम गरेको छन । आफू सत्तामा हुदा घाडाे आफू बाहिर भय मागीखाने भाडाे , बनाउने कामगरेका आज डा.गाेबिन्द के. सि को उदाहरण ताजै छ । नेपालका हरेक राजनीति दलहरु आफू सत्तामा र बाहिर हुदा छोराको न्याय माग्ने  अधिकारी दम्पतीको पीडा कसैले देखेन यी सबै कुर्सीका भोका नामर्द हरुको अाखामा यतिका बर्ष सम्म रतअन्धो लागेको थियोे ? सिमाना रक्षा गर्ने नेपाली जनताका छोरा हरु दिउसै मरिदा , नेपाली भुमरीमा बिदेशीले कब्जागर्दा यी बर्साै देखि सत्तामा र सत्ता बाहिर हुने बिदेशीका नालायक कुपुत्रहरु को अाखामा यिनिहरुका बाबुले कहिले नदेख्ने गरि कालो पट्टी  बानी दियको थियोे ? जनतालाई सधै हतियार बनायर जनाताको रगत पसिना चुस्न पल्केका जुकाहरु ले देसलाई विभिन्न नाममा हरि कंगाल बनाउदै छन।

कहिले देसका नदिनाला बेचेर कहिले त्रिभुवनविमान स्थललाई तस्करिको दोकान बनायर  कहिले  सेल्समेन बनायर , कहिले सत्ता बचाउन बिदेशीलाई बाबू मानेर , राष्ट्रलाई विभिन्न बहानामा असफल बनायर नेपाल देसको नाम नै नरहनेगरी जातको नाममा , धर्मको नाममा ,  बर्गको नाममा , हिमाल पहाड तराई को नाममा लडाइ राष्ट्रलाई समाप्त पार्ने खेलमा सत्तामा र सत्ताबाहिर बसेर जुहारी खेल्दै नेपाली जनतालाई कहिले बन्दको नाममा , कहिले बिरोध अनि आन्दोलनको नाममा , कहिले चक्का जामको नाममा , कहिले डा.गाेबिन्द केसिको नाममा , कहिले अधिकारी दम्पतीको नाममा , कहिले ढुंगेलको नाममा , कहिले रेशम चौधरी को नाममा , कहिले चरी, घैटे र गाेरे काे नाममा , कहिले ३३ किलो सुनको नाममा , कहिले प्रहरी प्रमुख को नाममा, कहिले प्रधान न्यायाधीश को नाममा , कहिले जनताको मतलाई च्याती छोरीलाई मेयर वनाउने नाममा  आज देसका हजारौं हजार युवाहरूलाई देसमा  हालीमुहाली गर्न पल्केका जुकाहरुले देसलाई मुक्ति दिन सक्दैन यी भ्रष्टहरुलाई यी बिखण्डन कारिलाई यी बिदेशी दलाललाई अन्त गर्न अब यो देशमा नयाँ युगको नयाँ पुस्ताको जन्महुन आवस्यक छ ! १०४ बर्ष राणाले त सधैकालागी हात धुनु पर्याे  ३० बर्स पंचायत रहेन ।

अनि यी बिदेसी दलाल र उनका एजेन्ट कति टिक्लान जनताको एकताको उदयमान शक्तिले नयाँ पुस्ताको सन्तति जन्माउने छ । ती सबै कुपुत्र हरुको अन्त हुने छ । बिगतको इतिहासर जगजाहेर छ ! देश बनाउने ८० लाख तन्नेरी युवा प्रदेशको भुमिमा जीवन बिताउन बिवस बाध्य छन। हिमाल, पहाड, तराईलाई जुरुक्क उठाउने जवानि नस्ट गर्न बाध्य छन। यी युवाहरूको मासिक पैसा देसमा भित्रन्छ भने यी जुकाहरुको दोकान बन्द हुने छ भने यि युवाहरू अब जागुरुक हुदैछन भने अब राष्ट्रबादी देसभक्त देश बिदेशका युवाहरू एकजुट हुँदै नयाँ अभियानको आधिबेहरी सगै देसमा फर्किने बाताबरण बनाउदै छन ।अब यो मुलुक फिरङ्गी भरिया र माफियाको कब्जाबाट मुक्त गर्न राष्ट्रबादी एकजुट हुदैछन ।सबैलाई चेतना भया ।जय रास्ट्रवाद ,जय मातृभुमि  नेपाल आमाको जय नरेन्द्र ओलि  प्रबसि कलम

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।